नेपालमा १७ दिनमा थपिए १ लाख २४ हजार ८४ कोरोना संक्रमित (कुन दिन कति थपिए?)

नेपालमा १७ दिनमा थपिए १ लाख २४ हजार ८४ कोरोना संक्रमित (कुन दिन कति थपिए?)

केन्द्रबिन्दु
0
Shares

पछिल्लो १७ दिनमा नेपालमा १ लाख २४ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १७ दिनमा १ लाख २४ हजार ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। बुधबार थपिनेकाे संख्या ८ हजार ४५४ रहेकाे छ।

दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हाे। 

बुधबारकाे अपडेट

पछिल्लो २४  घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा २० हजार ३५९ वटा नमुना परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १३ हजार ५४९ जनामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ५७१ जनामा र ६ हजार ८१० जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ६७ रहेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना डिस्चार्ज भएका छन् भने मृत्यु ५ जनाको भएको छ।

१७ दिनमा कति थपिए?

पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।

माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए। 

माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते  थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै माघ ११ गते १२ हजार ८ जना थपिएका थिए। बुधबार थपिनेकाे संख्या ८ हजार ४५४ छ।

Logo