सुर्खेत ।
कर्णाली प्रदेशमा एकैदिन ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन हजार २४ पुगेको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्रयोगशालामा १०५ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये सुर्खेतका ६४, दैलेखका नौ, जाजरकोटका छ, कालीकोटका चार, डोल्पा, कैलाली, बाँकेका तीन/तीन, कञ्चनपुर, अछाम र बर्दियाका दुई/दुई, सल्यान, रुकुमपश्चिम, जुम्ला र हुम्लामा एक/एक जना रहेका मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए।
नयाँ पुष्टि भएका कोरोना सङ्क्रमित मध्ये २८ जना सुरक्षाकर्मीहरु रहेका उनले बताए। २८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमण जितेर घर फर्किनेको सङ्ख्या दुई हजार ६३३ पुगेको छ । उनका अनुसार यस प्रदेशमा ३१४ जना आइसोलेशन र ३८९ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।





























प्रतिक्रिया