नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन्। उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ।
स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न हुने गरेकाे छ। नेपालमा वर्षेनी तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ। आफ्नो स्वास्थ्यको हेरचाह आफैंले गरे रोगबाट बच्न सकिने विज्ञहरू बताउँछन्।
नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको थियो भने अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो। त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो ।
यसैबीच बिहीबार विश्व मिर्गौला दिवस मनाइएकाे छ। नेपालमा सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन लागिएको हो।































प्रतिक्रिया