राेटरी क्लब अफ काभ्रे बनेपाकाे निःशुल्क दन्त तथा स्वास्थ्य शिविर

राेटरी क्लब अफ काभ्रे बनेपाकाे निःशुल्क दन्त तथा स्वास्थ्य शिविर

केन्द्रबिन्दु
0
Shares

धुलिखेल नगरपालिका वडा नं ८ बडालगाउँमा रहेकाे विनायक बाल आधारभूत विद्यालयमा निःशुल्क दन्त तथा स्वास्थ्य शिविर संचालन भएकाे छ। 

राेटरी क्लब अफ काभ्रेकाे आयाेजनामा, आई.सि.डि नेपाल तथा आई. सि. डि नेपाल हेल्थ केयर सेन्टरकाे प्राविधिक सहयाेग, जनजागरण प्रगतिशील युवा क्लब र नाल्दुम नगरकाेट जेसीजकाे सहयाेगमा संचालन भएकाे शिविरबाट २१५ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे छ। जसमा १७५ जनाकाे दाँत परीक्षण, ४० जनाकाे सामान्य चेकजाँच, ४७ जनाकाे भिडियाे एक्स-रे साथै निःशुल्क औषधि वितरण गरिएकाे आई. सि. डि नेपालका अध्यक्ष तथा राेटरी क्लब अफ काभ्रेका उपाध्यक्ष श्याम तिमल्सिनाले जानकारी दिए ।

उक्त अवसरमा सरस्वती माध्यामिक विद्यालय र विनायक बाल आधारभूत विद्यालयका १६० जना बालबालिकालाई स्टेशनरी तथा टिफिन बक्स प्रदान गरिएकाे थियाे। कार्यक्रममा राेटरी क्लब अफ काभ्रेका २०२१-२२ का अध्यक्ष रुक्मणि सिग्देलले राेटरी क्ल्ब अफ काभ्रेले सामाजिकरुपमा कार्य गर्दै आइरहेकाे बताइन् । 

कार्यक्रममा धुलिखेल वडा नं ८ का वडा अध्यक्ष निराजन जंगम, राेटरियन दमनकुमार श्रेष्ठ, केशव बडाल, पूर्वगाविस अध्यक्ष साधुराम बडाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाेला बहादुर गाैतम, नाल्दुम नगरकाेट जेसिजका अध्यक्ष राजाराम गाैतम, विद्यालयका प्र.अ नवराज तिमल्सिनाले सहयाेगी संस्थालाई धन्यवाद दिँदै समाजमा यस्ता कार्यक्रम निरन्तरताकाे आवश्यक रहेकाे बताए।

Logo