७ जनामा कोरोना संक्रमण पुष्टि

७ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ४ हजार ६६८नमूना परिक्षण गर्दा ७ जनामा मात्र  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने हाल देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ५० हजार ९३ रहेको छ ।

Logo