७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप

७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप


आजदेखी देशभर १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए ।  केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि देशभर अभियान नै  सुरु भएको हो । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइडविरुद्धको खोप उपलब्ध गराएको हो । 

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

Logo