भाेलिदेखि बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै

भाेलिदेखि बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै

केन्द्रबिन्दु
0
Shares

सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएकाे छ। मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेकाे हाे।

६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १ वर्षदेखि ५ वर्ष उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

६ र ७ वैशाखमा देशव्यापीरूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले अनुरोध गरेको छ। 

कोरोना महामारीका कारण वितरण केन्द्रमा जाँदा कोभिड-१९ विरुद्धका सबै जनस्वास्थ्य मादपण्डको पूर्ण पालना गर्न र गराउनसमेत सबैमा अनुरोध गरिएको छ। 

Logo