नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो, आज ५ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो, आज ५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ । मंगलबार र बुधबार ६, ६ जनाको मृत्यु भएको थियो । सोमबार ११ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५०,४६५ पुगेको छ । आज १,२४६ जना थपिएका छन् । बुधबार १,०८१ जना थपिएका थिए । मंगलबार ९०२ जना थपिएका थिए । सोमबार ९७९ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । आज निको हुनेको संख्या १,८१८ जना छ । बुधबार ९१८ जना निको भएका थिए । मंगलबार २,२८७ जना निको भएका थिए । सोमबार १,७३६ जना निको भएका थिए । आज ११,१४४ पिसिआर गरिएको थियो ।

Logo