प्रदेश नं. १ मा १५५ जना संक्रमित थपिए, कूल संख्या ४,४१२ पुग्यो

प्रदेश नं. १ मा १५५ जना संक्रमित थपिए, कूल संख्या ४,४१२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा १५५ कोरोना सङक्रमित थपिएका छन् । थपिएकामा महिला ६३ र पुरुष ९२ छन् । त्यसमा मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा पाँच, धनकुटामा चार, झापामा तीन, ताप्लेजुङ, उदयपुर तथा प्रदेश बाहिरका एकएक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा ७० जनामा सङ्क्रमण देखिएको मध्ये ३० महिला र ४० पुरुष छन् । थपिएकामा मोरङको लेटाङमा एक महिला र तीन पुरुष, पथरीशनिश्चरेमा तीन पुरुष, उर्लाबारी र सुन्दरहरैचामा एक,एक पुरुष, ग्रामथानमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

धरानमा १३ महिला र नौ पुरुष, इटहरीमा नौ पुरुष र १३ महिला, इनरुवामा चार महिला र १२ पुरुष, भोजपुरको षडानन्दमा एक महिला र चार पुरुष, धनकुटाको चौबिसेमा एक महिला र दुई पुरुष, धनकुटा नगरपालिकामा एक पुरुष, झापाको कमल गाउँपालिका र कनकाईमा एक,एक पुरुष, शिवसताक्षीमा एक महिला, ताप्लेजुङको मेरिङदेनमा एक महिला, उदयपुरको त्रियुगामा एक पुरुष र प्रदेश बाहिरका एक महिलामा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

प्रदेशमा हालसम्म चार हजार ४१२ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनकपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट पाँच र होम आईसोलेसनबाट चारसहित ३६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म यसप्रदेशबाट कोरोनाबाट मुक्त भएर घर फर्केनेको सङ्ख्या एक हजार ९४८ पुगेको छ । यसप्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३७० जना सहित अहिलेसम्ममा एक लाख तीन हजार ३३३ जनाको पिसिआर परीक्षण भइसकेको छ ।

Logo