यस वर्ष विश्वभर दादुराका विरामीहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ। रोग बृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ।
कोरोना भाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन्।
राष्ट्रसंंघको तथ्यांकअनुसार जनवरी र फेब्रुवरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको छ। गत वर्ष सोही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको थियो।
पछिल्लो १२ महिनादेखि अप्रिलसम्म दादुराका २१ वटा ठूला प्रकोप भएका छन्। ती मध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएका छन्।एजेन्सी































प्रतिक्रिया