काठमाडौं उपत्यकामा आज ३५४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३५४ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ३५४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९० , भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना थपिएका हुन् । शनिबार ४०८ जना थपिएका थिए । शुक्रबार ४५४ जना थपिएका थिए । विहिबार ४४५ जना थपिएका थिए । आजको पिसिआर १०३८२ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ६,६२४ , भक्तपुरमा ७११ र ललितपुरमा ९१९ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ८,२५४ पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । आज १८१४ जना निको भएका छन् । शनिबार १,५६६ जना निको भएका थिए । शुक्रबार १,३५४ निको भएका विहिबार ९१७ जना निको भएका थिए ।

Logo