गर्मी बढेसँगै लमजुङमा झाडापखालाका बिरामी बढे

गर्मी बढेसँगै लमजुङमा झाडापखालाका बिरामी बढे

केन्द्रबिन्दु
0
Shares

गर्मी बढेसँगै लमजुङ जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ।

अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठका अनुसार हाल दैनिक तीन सय ५० देखि तीन सय ८० जना बिरामी अस्पतालमा आउने गरेका छन्। 

गर्मी बढेसँगै अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेको छ। दैनिक रूपमा ५० भन्दा बढी झाडापखालाका बिरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको अस्पतालले जनाएको छ। 

गर्मीका कारण खानपान तथा पिउने पानीमा विशेष ध्यान नदिँदा झाडापखालाका बिरामीको चाप बढेको अस्पतालका डा. विष्णु अर्यालको भनाइ छ। यस्तै, अस्पतालमा हाडजोर्नी, आँखा, दाँत, पेटसम्बन्धी समस्या, महिला रोगसम्बन्धी समस्या भएका लगायतका बिरामी आउने गरेका छन्। अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ।

Skip This
Skip This
Logo