नेपालमा कोरोना संक्रमितको संख्या ४१,६४९ पुग्यो, आज १,१२० जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ४१,६४९ पुग्यो, आज १,१२० जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ४१,६४९ पुगेको छ । आज १,१२० जना थपिएका छन् । मंगलबार १,०६९ जना थपिएका थिए । सोमबार ८९९ जना थपिएका थिए । आइतबार १,२२१ जना थपिएका थिए ।

काठमाडौं उपत्यकामा आज ३८८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना थपिएका हुन् ।

आइतबार ४२९ जना थपिएका थिए । सोमबार २९८ जना थपिएका थिए । मंगलबार ४८१ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ५२६५ , भक्तपुरमा ५५६ र ललितपुरमा ७७२ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ६,५९३ पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । आज १,११२जना निको भएका छन् । मंगलबार ७६८ निको भएका थिए । सोमबार ५८८ जना निको भएका थिए । आइतबार २६७ जना निको भए ।

Logo