काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि, जम्मा संक्रमित १९ पुगे

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि, जम्मा संक्रमित १९ पुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ। चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । यो संगै जम्मा संक्रमितको संख्या १९ पुगेको छ ।   

कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । 

दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।

Logo