के हो नाइरोबी फ्लाई ? लक्षण के-के हुन् ?

के हो नाइरोबी फ्लाई ? लक्षण के-के हुन् ?

केन्द्रबिन्दु
0
Shares

छालारोग विशेषज्ञका अनुसार  नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातीको किटाणु किरा हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन्‚ तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भनिन्छ । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिन्छ ।

यो किराले गराउने एलर्जी हरेक वर्षाको समयमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । चिकित्सकका अन्रसार  यो किराले टोक्दैन । यदि यो किरा केही गरी माडियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षणहरू देखाउन थाल्छ । लक्षणहरू १२ घण्टादेखि २ दिनसम्म आइसक्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जान्छ । तर‚ धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खत बस्न सक्छ ।’

चिकित्सकहरुका अनुसार धेरै बिरामीहरू यसलाई जनै खटिरा, मंकीपक्सको लक्षण हो भनेर झुक्किने गरेका छन् । त्यसैले फार्मेसीभन्दा विशेषज्ञ चिकित्सकको मै जानुपर्ने हुन्छ ।
लक्षण के के हुन् ? 

जनै खटिराजस्तो फोका आउने ।

 ठूलो खालको पानी फोका आउने ।

 पीप फोका आउने ।

 छाला रातो हुने ।

 पोल्ने।

 रातो दाबर तथा बिमिरा आउने ।

 रातो धर्सेखालको एलर्जी हुने ।

Logo