एकै दिन १६८ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन १६८ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् ।

Logo