चिया पिउदा खानै नहुने कुराहरु

चिया पिउदा खानै नहुने कुराहरु

केन्द्रबिन्दु
0
Shares

चिया संसारमा सबैभन्दा मनपर्ने पेय पदार्थ मध्ये एक हो ।दिनभरको थकान हटाउन शरिरलाई स्फूर्ती र उर्जा दिन चिया पिउने गरिन्छ । देशका विभिन्न स्थानमा विभिन्न किसिमको चिया पिउने गरेको भए पनि दुधको चिया जताततै सहजै पाइन्छ । 

समय बित्दै जाँदा, मानिसहरूले क्यामोमाइल र हिबिस्कस चिया जस्ता चियाहरू प्रयोग गर्न थालेका छन । कतिपयलाई चियासँगै केही खाने बानी हुन्छ । चियासँग के खानेकुरा खाने र के खाने कुन खानु हुँदैन भन्ने कुरा धेरैलाई थाहा हुदैन । 

स्वास्थ्य विज्ञहरुका अनुसार केही मानिसहरु खानासँगै चिया पिउने गर्छन भने कोहीलाई खाना खाएपछि तुरुन्तै चिया चाहन्छन ।तर ध्यान राख्नुपर्ने कुरा के छ भने चियासँग केहि चीजहरू सेवन गर्नु शरीरको लागि हानिकारक हुन सक्छ । केही अवस्थामा शरीरमा विभिन्न स्वास्थ्य समस्याहरू ल्याउन सक्छ । 

चियासंग पकौडा वा नुनिलो खानेकुरा नखाने :

के तपाई पनि पकोडा वा नमकीन खानेकुरासंग चिया पिउन मन पराउनुहुन्छ ? यो बानी तपाईका लागि हानिकारक हुन सक्छ । चियासँगै यस्ता चिज खाँदा पाचन सम्बन्धी समस्या हुने खतरा रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् । यस्ता खानेकुराको सेवन गर्ने मानिसमा पाचन सम्बन्धी समस्या, कब्जियत, अपच जस्ता स्वास्थ्य समस्या बढी देखिएको छ ।
 
चियासँग आइरन युक्त चिज नखानुहोस्
:

चिया पिउँदा हरियो सागसब्जी कहिल्यै पनि खानुहुँदैन भन्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । विशेषगरी आइरन युक्त खानेकुरासहितको चिया पिउनु शरीरका लागि धेरै हिसाबले हानिकारक हुन सक्छ । हरियो सागसब्जी, अन्न, दाल आदि फलामयुक्त खानेकुरा भएको चिया कहिल्यै पिउनु हुँदैन ।

Logo