‘ब्रा’ को बारेमा भ्रम : लामो समयसम्म‘ब्रा’ लगाउनाले स्तन क्यान्सर हुन्छ ?

‘ब्रा’ को बारेमा भ्रम : लामो समयसम्म‘ब्रा’ लगाउनाले स्तन क्यान्सर हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

धेरै महिलाहरुको दिमागमा ‘ब्रा’ को बारेमा भ्रमहरु छन । जसमध्ये लामो समयसम्म ‘ब्रा’ लगाउनाले स्तन क्यान्सर हुनसक्ने एक हो ।

स्तन क्यान्सरको बारेमा महिलाहरू मै यस्ता धेरै मिथकहरू छन् । जसलाई उनीहरू आँखा चिम्लेर विश्वास गर्छन् । यसका साथसाथै तपाईले यो पनि सुन्नु भएको होला कि यदि तपाई टाइट वा कालो 'ब्रा' लगाउनुहुन्छ भने यसले पनि स्तन क्यान्सरको खतरा बढाउन सक्छ । 

तर, यो कुरामा कुनै सत्यता छैन । आजको लेखमा हामी तपाईलाई स्तन क्यान्सर हुनुको पछाडि ब्रा जिम्मेवार छ कि छैन भनी बताउने छौं । 

डब्लुएचओका अनुसार महिलामा स्तन क्यान्सरको समस्या बिकराल रुपमा बढ्दै गएको छ । स्तन क्यान्सर हरेक वर्ष विश्वभर २१ लाख महिलालाई भइरहेको तथ्याङले देखाउछ । यस्तो हुनुको पछि महिलाको जीनलाई कारण्का रुपमा हेरिएको छ । 

उनीहरुको जिनकै कारण स्तनमा भएका कोशिकाहरू विभाजित हुने र अनियन्त्रित रूपमा बढ्न वा फैलिन जाने हुन्छ ।
विज्ञहरूका अनुसार 'ब्रा' र स्तन क्यान्सरबीच कुनै पनि प्रकारको प्रत्येक्ष सम्बन्ध छैन । यसको मतलब ब्राको प्रयोगले क्यान्सर हुने कुरा भ्रम मात्र हो ।

स्तन क्यान्सरको लक्षणहरु :

महिलालाई स्तन क्यान्सरको समस्या हुँदा कडा गाँठो महसुस हुने, यस बाहेक निप्पल रातो हुनु, गाँठो वा हातखुट्टा सुन्निनु, स्तनको आकारमा परिवर्तन आउनु वा निप्पल क्षेत्रबाट रगत आउने जस्ता समस्याहरू देखिन सक्छन् ।
 

Logo