काभ्रेमा एउटै वडाका १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काभ्रेमा एउटै वडाका १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल २२२ सङक्रमितमध्ये उक्त वडामा शुक्रबारसम्ममा १०३ मा सङक्रमण पुष्टिको हो ।

शुक्रबार जिल्लामा २९ जनामा सङक्रमण पुष्टि भएकोमा २८ जना वडा न १३ कै रहेका थिए । स्पाइनल इन्जुरी अस्पताल र सङ्घीय प्रहरी कार्यालय बागमतीको कार्यालय रहेको उक्त क्षेत्रमा सङक्रमणको दर बढ्दो छ ।

वडाले उक्त क्षेत्र सिल गरेको भए पनि पर्याप्त सुरक्षा विधि नअपनाउँदा सङक्रमण दर बढ्दो रहेको छ । इस्पानल इन्जुरी अस्पतालका ६८ जनामा सङक्रमण पुष्टि भएको छ । त्यस्तै सङघीय प्रहरीका १९ जना, अस्पतालका सम्पर्कमा रहेका १२ जना र अन्य चारमा सङक्रमण पुष्टि भएको छ । योसँगै बनेपा नगरपालिकामा मात्र १२६ जनामा सङक्रमण पुष्टि भएको बनेपा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले उक्त क्षेत्रमा कोरोना सङक्रमण बढ्न थालेपछि स्वास्थ्यकर्मी परिचालित गरिएको बताए । उनले नागरिकलाई सचेत रहन अपिल गर्दै समुदाय र नागरिक समाजको सहयोगले मात्र सङक्रमण नियन्त्रणमा लिन सकिने भन्दै सहयोगको आग्रह गरे।

जिल्लाको धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीसहित ३१ जनामा सङक्रमण भइसकेको छ भने २२ प्रहरीमा सङक्रमण पुष्टि भएको छ ।गोरखापत्रबाट

Logo