प्रदेश नं. २ मा एकैदिन पाँच सङ्क्रमितको मृत्यु, प्रदेशमा कूल मृतकको संख्या ७७ पुग्यो

प्रदेश नं. २ मा एकैदिन पाँच सङ्क्रमितको मृत्यु, प्रदेशमा कूल मृतकको संख्या ७७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

धनुषा।

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु हुनाका साथै ७९ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा महोत्तरीबाट तीन तथा बारा र सिरहाबाट एक,एक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ । प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ ।

सो अवधिमा सप्तरीबाट ६, सिरहाबाट दुई, धनुषा, महोत्तरी र सर्लाहीबाट १९/१९, रौतहटबाट २०, बाराबाट पाँच र पर्साबाट एक गरी ७९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

थपिएका सङ्ख्यासमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या नौ हजार ६३० पुगेको छ । तीमध्ये १५२ जना उपचार गराई निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेहरुको सङ्ख्या चार हजार ६४८ पुगेको छ ।

प्रदेश अन्तर्गतका १९६ वटा क्वारेन्टिनमा ७९५ तथा होम क्वारेन्टिनमा दुई हजार ५९१, आइसोलेशनमा एक हजार ५८ र होम आइसोलेशनमा तीन हजार ८४७ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

Logo