सुन्दरता निर्खाने यी ४ फल

सुन्दरता निर्खाने यी ४ फल

केन्द्रबिन्दु
0
Shares

फलफूललाई शारीरिक सुन्दरता बढाउने एउटा प्राकृतिक स्रोतका रुपमा हेरिन्छ । फलफूलमा प्राकृतिक रूपमै खनिज तत्वहरु पाइन्छ । जसले शरीरको भित्री र बाहिरी दुवै भागमा सुन्दरता ल्याउछ । यी ४ फलफूल जसको प्रयोगले शारीरिक सौन्र्दयमा निखार ल्याउने गर्छ ।

आँप : आँप एक स्वादिलो फल हो । आँपमा भिटामिन ए, सी, ई, के र फस्फोरस, पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिजहरू प्रचुर मात्रामा पाइन्छ । जसले हाम्रो छालालाई चम्किलो बनाउछ । हाम्रो छालामा बुढ्यौलीमा देखिने संकेतहरू देखाउन ढिलाइ गर्न मद्दत गर्छ । आँपले छाला र कपाललाई नरम बनाउन मद्दत गर्छ । 

कागती : हामी सबैलाई थाहा छ कि कागती भिटामिन सी को प्रमुख स्रोत हो । कागतीलाई कस्मेटिक सामग्रीसँगै अन्य विभिन्न तरिकाले पनि प्रयोग गर्न सकिन्छ । छाला बाक्लो भएको ठाउँमा जस्तै कुहिनो र घुँडामा कागतीको आधा भाग रगाएर पानीले धोए यसले छालाको रंगलाई सफा र हल्का बनाउँछ ।
 तर कागती प्रयोग गर्ने तरिका मिलेन भने यसले छालालाई कठोर बनाउन सक्छ । कागतीलाई ह्यान्ड लोसनको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई गुलाब जलमा मिसाएर हातको छालामा लगाउनुहोस् । कागतीको बोक्रालाई सुकाएर पाउडर बनाएर फेस प्याक तथा स्क्रबका रुपमा प्रयोग गर्न पनि सकिन्छ ।

पाकेको मेवा : यो फल सेवन गर्दा हाम्रो शरीरमा यति धेरै फाइदा पुर्याउछ की यसलाई स्वर्गदूतहरूको खाना पनि भनिन्छ । मेवामा भिटामिन ए, सी र बी, फोलेट र प्यान्टोथेनिक एसिड, पोटासियम, तामा, र म्याग्नेसियम जस्ता खनिज तत्व पाइन्छन् । मेवा एन्टिअक्सिडेन्टको प्रमुख स्रोत हो । मेवामा पपेन नामक इन्जाइम पाईन्छ जसले छालाको मृत कोशिकाहरूलाई नरम बनाउन मद्दत गर्छ । जसले छालालाई सफा र चम्किलो बनाउँ मद्दत गर्छ । पाकेको मेवा अनुहारमा लगाउन सकिन्छ वा अन्य सामग्री जस्तै ओटमिल, दही र महसँग मिसाएर फेस मास्क बनाउन सकिन्छ । 

केरा : वर्षभरि उपलब्ध हुने फलहरू मध्ये केरा पोषण र स्वास्थ्य लाभका सन्दर्भमा एकदमै उपयोगी फल हो । केरामा सबैभन्दा बढी पोटासियम पाइन्छ । त्यसपछि यसमा भिटामिन सी र बी पनि पर्याप्त मात्रामा पाइन्छ । केरामा पाइने पोटासियमले कपाल र छाला दुवैलाई नरम बनाउन मद्दत गर्छ ।

केरालाई फेस र हेयर प्याकका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कपाल धेरै सुख्खा छ भने केरामा मह मिसाएर लेदो बनाउनुहोस । यसमा बदामको तेल पनि थप्न सकिन्छ । यसरी प्रयोग गरिएको लेदोले कपाल नरम हुन्छ ।
 

Logo