एसिड आक्रमणमा परेकाहरुको अब नि : शुल्क उपचार हुने 

एसिड आक्रमणमा परेकाहरुको अब नि : शुल्क उपचार हुने 

केन्द्रबिन्दु
0
Shares

एसिड आक्रमणमा  परेकाहरुको अब नि:शुल्क उपचार हुने भएको छ । उपचारका लागि सरकारले चारवटा अस्पताल तोकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एसिड आक्रमणमा  परेका पीडितहरुले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निः शुल्क सेवा लिन सक्ने छन् ।

आकस्मिक उपचार पछि थप उपचार गर्नु परेमा काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,वीर अस्पताल,कीर्तिपुर अस्पताल र ललितपुरको पाटन अस्पतालमा निः शुल्क उपचार गर्न सकने मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषदबाट   निर्णय भए बमोजिम एसिड आक्रमणमा परेका पीडितहरुको उपचार हुने मन्त्रालयको भनाइ छ । 

\"\"

Logo