लोकल कुखुराको अण्डा स्वास्थ्यका लागि हुनसक्छ खतरनाक, यस्तो छ कारण

लोकल कुखुराको अण्डा स्वास्थ्यका लागि हुनसक्छ खतरनाक, यस्तो छ कारण

केन्द्रबिन्दु
0
Shares

लोकल कुखराको अण्डा नेपालमा तागतिलो खानाका रुपमा लिने गरिन्छ । 

लोकल कुखुरा अर्थात घरमा पालेको कुखराले पारेको अण्डा र आफ्नै खेतबारीमा उब्जाएको सागसब्जी भन्दा ताजा सायद अरु केही हुँदैन भन्ने हाम्रो मान्यता छ। तर हालै भएको एउटा अध्ययनले घरमा पालेका कुखुराको अण्डा पनि मानिसको स्वास्थ्यका लागिक खतरनाक हुनसक्ने देखएको छ । 

हलै गरिएको एक अध्ययन अनुसार घरमा पालिएको कुखुराको अण्डामा व्यवसायिक रुपबाट उत्पादित अण्डाको तुलनामा औषतमा ४० गुणा धेरै सिसा अर्थात् लिड तत्व हुन्छ । शोधकर्ताहरुले घरमा पालेको कुखुरा र उसको अण्डाको जाँच गर्दा आधाजसो कुखुरा र आधाजसो अण्डामा सिसाको स्तर उच्च पाए, जुन उपभोक्ता स्वास्थ्यको दृष्टिले हानिकारक हुन्छ ।

स्मरण रहोस् सिसाको मात्रा निकै कम हुँदापनि मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसबाट मुटुरोग, सुस्त मानसिक अवस्था तथा मृगौलाको रोग लाग्न सक्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार सिसाको मात्रा कति स्तरसम्म सुरक्षित हुन्छ भन्ने बारेमा कुनै मापदण्ड छैन ।

Skip This
Logo