उद्योगी मोतीलाल दुगड राष्ट्रिय राजनीतिमा कसरी एकाएक चर्चित बने? (अन्तर्वार्ता)

उद्योगी मोतीलाल दुगड राष्ट्रिय राजनीतिमा कसरी एकाएक चर्चित बने? (अन्तर्वार्ता)


पछिल्लो समय नेकपा (एमाले) भित्रको राजनैतिक गतिविधिमा एक चर्चित पात्र हुन, मोतीलाल दुगड। दुगड पछिल्लो समय एकाएक चर्चामा आउन थालेका छन्। उनको चर्चा यसअघि पनि थियो तर पछिल्लो समय भने एमालेको राजनीतिक गतिविधिमा अग्रस्थानमा आएको छ।

प्रधानमन्त्री कार्यालयमा उद्योगी व्यवसायीहरुको भेला गराएर व्यवसायीहरुलाई एमाले प्रवेश गराएपछि उनको अझ बढी चर्चा हुन थालेको हो । त्यसपछि नेकपा (एमाले) पार्टी कार्यालय राख्न उद्योगीको घर मिलाउन प्रमुख भूमिका रहेको भन्दै नाम अगाडि आयो। अहिले पुनः एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवादसमेत हुन नसकेको अवस्थामा संवादका लागि मेरियट होटलमा संवादको मुख्य भूमिका रहेको भन्दै उनको चर्चामा रहेको छ।

तर दुगड भने यो सबै वातावरण आफूले मात्रै गर्दा नभएको बताउँछन्। उनले आफूले सबै काम पार्टीको लागि गरेको बताए। कुनै पनि व्यवसायीहरुलाई दवाव दिएर एमाले प्रवेश नगराएको र व्यवसायीहरु आफैंले मनन् गरेर पार्टी प्रवेश गरेको उनले सुनाए। 

त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवादका लागि अहिलेको परिस्थितीमा दुई शीर्ष नेता मिल्नुको विकल्प नभएको र एमाले पार्टी विभाजन भए एमालेप्रति आस्था राख्ने नेता कार्यकर्तादेखि नेपालका लागि नै ठूलो दुर्भाग्य हुन्छ भनेर मिलाउने प्रयास गरिएकाले त्यसैको फलस्वरुप आफ्नो नाम पनि जोडिएको स्वीकार गरे।

विराटनगरका उद्योगी दुगड २०७६ को मंसिरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए। राज्यमन्त्री भएको १३ महिनापछि अर्थात् गत पुष ५ मा संसद् विघटनपछि मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले दुगडलाई राज्यमन्त्रीबाट हटाएका थिए।

तर राज्यमन्त्रीबाट हटाएका दुगडलाई नै प्रधानमन्त्री ओलीले मन्त्री सरहको सुविधासहित आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरे। २०७४ सालको निर्वाचनमा दुगड ओलीकै जोडबलले नेकपाको समानुपातिकतर्फबाट सांसदको लागि पहिलो नम्बरमा नाम आएर सांसद भएका थिए। 

यसपटक केन्द्रबिन्दुले उनै दुगडसँग कुराकानी गरेको छ । हेरौं यो भिडियोमा :

 

Logo