रेडियोमा बोल्ने मान्छे कसरी भित्र पसे भनेर रेडियो बिगारेंः पत्रकार विजय पौडेल (भिडियोसहित)

रेडियोमा बोल्ने मान्छे कसरी भित्र पसे भनेर रेडियो बिगारेंः पत्रकार विजय पौडेल (भिडियोसहित)


‘मेरो सबै परिवार कानुन व्यवसाय हुन्। एसएलसी पास गरेपछि यी व्यवसायमा म आफू पनि लागें। अहिले पनि लाइसेन्स प्राप्त वकिल हौं। तर, वकिल पेशा छाडेर पत्रकारिता पेशामा आवद्ध हुन पुगें’ पत्रकार विजय पौडेलले आफ्नो विगत सुनाए।

सबै परिवार कानुन पेशामा आवद्ध भएकाले आफू पनि कानुन पेशामा नै काम गर्ने सोचले अगाडी बढेको तर, कानुन पेशामा काम गर्दै जाँदा रेडियो तालिम लिने अवसर मिलेको उनले बताए। रेडियो तालिम गरेपछि काम गर्ने अवसर खोज्दै जाँदा पत्रकारीता पेशा रोज्न पुगेको रमाइलो अनुभव पनि पौडेलले केन्द्रविन्दुसँग शेयर गरे।
 
उनी सानैदेखि रेडियो नेपाल सुन्दै पढ्ने गर्थे। हातमा घडी थिएन, रेडियो नेपाल बन्द हुने समयमा राष्ट्रिय गान बजेपछि ११ बजेछ भनेर उनी सुत्थे। ११ बजेसम्म ठूलो स्वरमा पढ्ने गर्थे पौडेल। यसरी पढ्दा समय थाहा नहुने भएकाले साइटमा रेडियो नेपाल बजाएर पढ्ने गरेको उनको रोचक अनुभव छ।

यसरी रेडियोको साउण्ड डिसट्याक गर्न ठूलो साउनमा पढ्ने भएकाले विस्तारै त्यो रेडियोको साउण्डले पत्रकारितामा जाने चाहान सुरु भएको पौडेलले बताए। तर, चाहाना भए पनि बोल्ने माध्यम थिएन। तर, कानुनक्षेत्रमा काम गरिरहेको अवस्थामा उनले रेडियो तालिम लिएको उनी सम्झन्छन्।

तर, त्यो बेला विशुद्ध रेडियोको मात्रै तालिम थियो। त्यतिबेला क्यामेरा भन्ने नै थिएन। तर, पनि तालिम लिए। तालिम लिएपछि काम गर्नु पर्यो। कहाँ काम गर्ने भन्दा त्यो बेलाको सबैभन्दा नाम चलेको रेडियो सगरमाथा थियो। त्यहाँ काम गर्न पाउँदा गौरव गर्न सकिन्छ की भन्ने हुन्थ्यो। त्यही कारण तालिम पश्चात पहिलो पटक रेडियो सगरमाथामा काम गर्न गएको अनुभव उनले सुनाए। उनलाई रेडियोमा ६ महिना भोलिन्टियरको रूपमा काम गर्नु पर्छ भनियो। त्यसरी रेडियो सगरमाथामा ६ महिना भोलिन्टियरका रूपमा काम गर्दै पत्रकारिताको सुरुवात भएको बताउँछन् पौडेल।

रेडियोमा काम गर्दै जाँदा सानो समाचारका लागि सोधिने प्रश्नहरूबाट सुरुवात गरेर नै अन्तर्वार्ताको लागि प्रश्न गर्न सक्ने अवस्था आएको उनले बताए।

प्रश्नमाथि प्रश्न आउने क्रममा आफूले नै रेडियो भित्र के छ भनेर रेडियो खोलेर रेडियो नै बिगारेको अनुभव पनि उनले सुनाए । उनको घर झापा जिल्लाको गरामुनी हो। उनी २०५० सालमा कानुन पढ्नका लागि काठमाडौंमा आएका थिए। काठमाडौं आएर २०५३ सालमा कानुन विषय पढेर पास गरेर आफैंले ल फर्म खोलेका थिए, पौडेलले।

यसरी कानुन व्यवसाय गर्दै गर्दा २०५६ साल फागुन १८ गते पहिलो पटक रेडियो सगरमाथामा काम गर्न सुरु गरेका थिए। रेडियोमा आफूले बनाएको पहिलो रिर्पोट रेडियोमा दिएर सुन्नको लागि दौडेर बस्ने कोठामा आएर सबैको अगाडि रेडियो राखेर आफूले बनाएको रेडियो रिर्पोट सुनाएका थिए।

पत्रकार विजय पौडेलले केन्द्रबिन्दुसँग कुराकानी गर्दै आफूले पत्रकारिता सुरु गर्दाका अनुभव रोचक ढंगले सुनाएका छन्। केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले उनीसँग गरेको कुराकानी हेरौं यो भिडियोमा 

 

Logo