तपाईंका नेताले विगतमा गरेको कामलाई यो पटक तराजुमा जोखेर हेर्नुस् : समीक्षा बास्कोटा ( मेयर उम्मेदवार)

तपाईंका नेताले विगतमा गरेको कामलाई यो पटक तराजुमा जोखेर हेर्नुस् : समीक्षा बास्कोटा ( मेयर उम्मेदवार)


स्थानीय तहको निर्वाचन आउन अब ३ दिनमात्र बाँकी छ। आज मध्यरातिदेखि मौन अवधि सुरु हुने भएपछि यतिखेर उम्मेदवारहरु मत माग्ने अन्तिम कसरतमा छन् ।

देशभर रहेका ६ वटा महानगरमध्ये संघीय राजधानी समेत रहेको काठमाडौं महानगरमा मेयरका आकांक्षी बढी छन् । तीमध्ये नेकपा एमालेकाकेशव स्थापित, पाँच दलीय गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, राप्रपाका मदनदासश्रेष्ठ, विवेकशील साझाबाट समीक्षा बास्कोटा तथा स्वतन्त्र उम्मेदवार बालेन शाह र सुशील थापाको चर्चा बढी छ । यो पटक यिनै ६ जना प्रतिस्पर्धीबीच काठमाडौंको मेयरमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ। 

काठमाडौं महानगरमा विवेकशील साझा पार्टीले यसपटक मेयरमा समीक्षा बास्कोटा तथा उपमेयरमा कीर्ति तुलाधरलाई उठाएको छ । उनीहरु तराजु चुनाव चिह्न लिएर भोट माग्न हिँडिरहेका छन् । कानून व्यवसायी बास्कोटा ०७४ को चुनावमा काठमाडौं क्षेत्र नम्बर १(क) बाट प्रदेशसभा सदस्यमा उठेकी थिइन् । यो पटक उनले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएकी हुन् । उनै समीक्षासँग निर्वाचनको सन्दर्भमा केन्द्रबिन्दुका लागि ज्ञानु घिमिरेले गरेको कुराकानी । 

मतदान आउँन ३ दिन मात्रै बाँकी छ । घरदैलो कार्यक्रममा जाँदा जनताकाे कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

हामी निर्वाचनको नजिक आइपुगेका छौं । मतदाताबाट एकदम राम्रो रेस्पोन्स पाएका छौं । घरदैलो तथा अन्तर्क्रियामा जाँदा यो पटक तपाईंहरु आउँनुपर्छ भन्ने कुरा मतदाताले गर्नु हुन्छ । तपाईंहरुले उठाएका एजेण्डा ठिक छ । नयाँ सोच तथा जागरका साथ आउँनु भएको छ हामी खुसी छौं भन्नु हुन्छ । यो पटक तपाईहरुलाई साथ दिन्छौं भनेर उहाँहरु भन्नु हुन्छ । राम्रो माहोल बनेको छ । नागरिकहरुले पनि हाम्रो मत तराजुलाई भनेर हौसला दिनु हुन्छ । 

माहोल राम्रो छ भन्नु भयो तर तपाईंको पार्टीको पक्षमा  जनताको आकर्षण देखिएन नि, नयाँ पार्टी भएर हो ?

नागरिकहरुले परिवर्तन चाहेका छन् । पाँच वर्षदेखि हामी पार्टी निर्माणको क्रममा छौं । हाम्रो पार्टीले चर्चा कमाएको छ । विवेकशील साझाले महिलाहरुलाई ३३ प्रतिशतमा मात्र सीमित नगरेर ५० प्रतिशतमा लैजानु पर्ने कुराहरु अगाडि सारेको छ। सक्षम तथा क्षमतावान महिला छन् भने महिला नेतृत्वमा आउँनुपर्छ भन्ने हाम्रो धारणा हो । सो कारण विवेकशील साझाले मेयर र उपमेयरमा नै महिला अगाडी सारेको छ । हाम्रो चर्चा मिडियामा कम सुनिएपनि मतदाताका मुखमुखमा भएको पाएका छौं । हामी प्रचारमा भन्दा काममा फोकस गरिरहेका छौं। हाम्रो समाजको चरित्र महिला उम्मेदवारलाई पुरुष उम्मेदवारसँग दाँजेर हेर्ने गरेको पाइन्छ । तर काठमाडौं महानगरको हकमा त्यो छैन। उहाँहरु दुवैमा महिला उम्मेदवार तथा हाम्रो पार्टीको एजेण्डामा सकारात्मक हुनुहुन्छ र विवेकशील साझाले पछिल्लो समयसन्देश पनि सकारात्मक दिएको छ । यो कारण विस्तारै हामी जनतामा देखिएको भ्रम चिर्दै अगाडि बढेका छौं । जनतालेप्रत्यक्ष अप्रत्यक्ष दुवै रुपले हामीलाई साथ दिइरहनु भएको छ ।

तपाईंको काठमाडौं महानगरमा कति मत आउला, आँकलन गर्नु भएको छ ?
मौदानमा होमिएको मानिस निरन्तर जितको खोजीमा हुन्छ । हाम्रो अर्जुन दृष्टि भनेको जितमा छ । भोलि नतिजा के आउँछ त्यसलाई स्विकार गरेर अगाडि बढ्ने क्षमता पनि हुनुपर्छ र आजको दिनमा जितेर काठमाडौं महानगरको जितमा नै मेरो लक्ष्य छ । मैले घरदैलो तथा नागरिकसँगको अन्तर्क्रिया तथा प्रतिक्रिया हेर्दा यो पटक महानगरवासीले मन र मत परिवर्तन गरेर विवेकशील  साझालाई नेतृत्वदायी भूमिकामा ल्याउनु हुनेछ । 

तपाईंले ‘राजधानीको मात्र होइन राजनीतिको फोहाेर सफा गर्छु’ भनेर आफ्नो एजेण्डा अघि सार्नु भएको छ, यो सम्भव छ ?

खासमा हाम्रो राजनीति फोहोर भयो र भ्रष्टाचार बढी भयो भनेर जनता आजित छन् । हामीले उठाएका मुद्दा शिक्षा, स्वास्थ्य तथा सार्वजनिक यातायात, फोहोर व्यवस्थापन हुन् । तर त्यो कहिले पनि कम भएन, भ्रष्टाचार बढेको बढ्यै छ। विधिको हैन, व्यक्तिको शासन भयो । यो कुरा बाहिर समूहमा बसेर काम गर्दा कहिले पनि पूरा भएन । यो सफल नभएपछि सबैभन्दा पहिले विवेकशील साझाको जन्म भयो । हाम्रो पार्टीयो राजनीतिको फोहाेर सफा गर्नलाई जन्मिएको हो । किनभने राजनीति फोहोर भयो भन्ने तर राम्रो व्यक्तिहरु राजनीतिमा कहिले प्रवेश नगर्दा राजनीतिको सिण्डिकेट कहिले पनि नहट्ने भएकाले त्यो हिसाबले विवेकशील पार्टीको जन्म भएको हो । हाल स्थानीय चुनाव छ। महानगर अस्तव्यस्त भएको कारणले महिनौदेखि फोहोर उठ्न सकेको छैन। यो अवस्थामा हामी राजधानीको मात्र होइन राजनीतिको फोहोर पनि सफा गर्न आएका छौं । त्यसैले हामीले राजनीतिलाई सुसंस्कृत रअसल कस्तो हो देखाउन छ । सो काम हामीले मात्रै गर्न सक्छौं । 

तर यो गर्न सम्भव होला ?
यो पार्टी नयाँ सोच तथा विचारले आएको पार्टी हो । यसमा कसैले कसैको खुट्टा तान्ने प्रवृति छैन । यहाँ नतावाद कृपावादको कुरा छैन। कांग्रेस कम्युनिष्ट धेरैचोटी सरकारमा पुगिसके तर पनि महानगरलाई व्यवस्थित बनाउँन सकेका छैनन् । आफ्ना मुद्दा उठाए तर यो मुद्दा अनुसारको काम गर्न सकेनन् । अन्य ठूला भनिएका पार्टीले कुरा चाँही गर्छन तर पूरा गर्न सक्नुहुन्न । यो भ्रष्टाचारको जालो उहाँहरुले तोड्न सक्नहुन्न । त्यो भएर महानगरमा एउटा सक्षम नेत्तृत्व आउनु पर्छ । जसले काम नागरिकसँगको सहकार्यमा गरोस ।सो कारण जनताले यो कुरालाई मनन गर्नु भएको छ भन्ने लाग्छ । 

तपाईं त कांग्रेस संस्कारमा हुर्केको मान्छे । तपाईंको बुबा दीपक  बास्कोटा मन्त्रीसमेत भइसक्नु भएको थियो । तपाईं चाँही किन विवेकशील साझामा हुनुहुन्छ ? उता अफर आएन ?

कांग्रेस अहिले विचार र सिद्धान्तबाट पदच्युत भइसकेको अवस्था छ । सो पार्टीमा कयौं इमान्दार नेता नअटाएको स्थिति छ भने हामी जस्ता नयाँ सोच तथा विचार भएका युवालाई सो पार्टीलाई कहिले स्थान हुँदैन । सो राजनीतिमा छिरेको भए त्यहाँको धमिलो वातावरणले हामीलाई त्यस्तै बनाउने थियो । तर म नयाँ सोचका साथ यो राजनीति फोहोरी खेल होइन भन्ने बनाउन चाहान्छु । राजनीति फोहोरी होइन राज्यलाई गाइड गर्ने हो भन्ने बनाउँछु । सो हिसाबले हामी जस्तो पढेलेखेका मानिसहरु राजनीति सफा बनाउन आएका हौं । मेरो पारिवारिक सम्बन्ध कांग्रेसमा भएपनि म उता आकर्षित भइन । मेरो पहिलो तथा अन्तिम दल विवेकशील साझा नै हो । 

राजनितिमा आउने लोकप्रियता कमाउने अनि हराएर जाने प्रवृति छ। जस्तो रन्जु दर्शनाकै कुरा गर्दा उहाँको राजनीतिक चाम अहिले केही घटेको पाइन्छ। तपाईंलाई चाँही जनताले कसरी विश्वास गर्ने ?

मूख्य कुरा भनेको राजनीतिमा को कसरी आयो भन्ने कुरा हो । म राजनीतिमा आउने बेलामा परिपक्क थिए । म चाहि यहि राजनीतिको फोहोर सफा गर्न आए । म एउटा संकल्पका साथ आएको छु । राजनीतिमा कहिले झर्नु पर्छ कहिले माथि पनि पुग्न सकिन्छ । यो दुई वटै उतारचढावलाई फेस गर्न सक्नु पर्छ । राजनीतिमा हुने गरेका समस्यालाई फेस गर्न सक्नु पर्छ । जस्ले त्यो समस्या फेस गर्न सक्दैन । ऊ चाहिँ केही समयका लागि आउँछ भुल्किन्छ र बिदा हुन्छ । त्यो समस्या फेस गर्न नसकेपछि ऊ राजनीतिबाट साइट लाग्ने स्थिति छ । तर मेरो हकमा २०७४ सालमा राजनीतिको सुरुआत नै चुनाव लडेर गरेकी थिए । त्यो बेलाचुनावको नतिजा जे आएपनि अझै पाँच वर्ष पछि पनि मेयरमा आएको छु । सो कारण नतिजाले जे आएपनि म राजनीतिलाई बिट मार्ने छैन । म चाहिँ परिवर्तनका लागि लडिनैरहने छु । 

तपाईंलाई जनताले किन भोट दिने ?
सबैभन्दा पहिला तपाईंले प्रयोग गरेको तपाईंले छानेको नेतालाई काम गर्ने नेता अब परिवर्तन गर्नुपर्छ । किनभने तपाईंको घरको सामान त काम गरेन भने मर्मत गर्नुपर्छ भने तपाईले महानगरको नेतृत्व परिवर्तन गर्ने कुरामा हामीले छानेका नेताले ठिकठाकसँग काम गर्न सकेनन् भने अब नेता परिवर्तन गर्नुपर्छ । नेताहरुले गरेको वाचा पूरा भयो कि भएन जाँच गर्नुपर्छ । बाचा पूरा भयो भएन भन्ने कुरा अब तराजुमा राखेर जोख्नु पर्छ । सो कारण नागरिकले यो पटक हामीलाई बिचार गर्नु हुनेछ । हामीले भनेका छौं भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र सुशासन, नेवाः कला संस्कृतिको पुनर्जागरण, सुलभ यातायात, खुल्ला क्षेत्र विकास तथा विस्तार, सुरक्षित महिला तथा अपाङ्गतामैत्री सहर बनाउन तथा युवालाई आयआर्जनसँग जोड्ने काम हामीले गर्नेछौं । यो आधारमा नागरिकले विवेकशील साझालाई छान्नु हुनेछ । 

उसो भए जितिन्छ भन्ने लागेको छ ?
हजुर । कयौं उम्मेदवार हुनुहुन्छ तर चर्चामा रहेको जस्ले जे भने नीहामी चर्चाको केन्द्रमा छौं । बलियो प्रतिस्पर्धीको  रुपमा म उभिएको कारण हाम्रोमा जनलहर राम्रो छ । जहाँ भोट माग्न जाँदा उहाँहरुले जुन उत्साह तथा हौसला दिनु भएको छ । सो हिसावले जित सुनिस्चित छ । 

Logo