नासाले मंगल ग्रहमा खिच्यो क्युरोसिटी रोभरको तस्बिर

नासाले मंगल ग्रहमा खिच्यो क्युरोसिटी रोभरको तस्बिर


एरिजोना विश्वविद्यालयको लूनर एण्ड प्लेनेटरी ल्याबोरोटरीका अनुसार नासाले मंगल ग्रहमा मार्स रिकोनिसेन्स अर्बिटरमा गेल क्रेटर सेन्टरमा मोन्ट मर्कोमा चढ्ने क्युरोसिटी रोभरको फोटो खिचेको छ । 

नासाको क्युरोसिटी रोभर मंगल ग्रहमा गएको नौ वर्ष भइसकेको छ । सत्रवटा क्यामरा तथा उन्नत उपकरणले सुसज्जित कार जस्तो आकार वाला यस यानले मंगल ग्रहमा जीवनको खोजीका लागि नोभेम्बर २०११ मा मंगलमा पठाइएको थियो। यान २०१२ अगष्ट ६ मा मंगल ग्रहमा अवतरण गरेको थियो । 

१८ अप्रिलमा हाइ रेजोलुसन इमेजिंग साइन्स एक्सपेरिमेन्ट उपकरणको माध्यमले उक्त फोटो खिचिएको हो। रोभर भन्दा १६७.५ मिलको उचाइबाट कारको आकारवाला क्युरोसिटी रोभर फोटोमा एकदमै स्पष्ट देखिएको छ । २०१४ देखि क्युरोसिटी रोभर तीन मिल अग्लो माउण्ट सार्पको आरोहणमा लागेको छ, जुन गेल क्रेटरको चुचुरोसमेत हो। यसको मिशन भनेको मंगल ग्रहमा माइक्रोबियल जीवनको खोजी गर्नु रहेको छ। 

मार्चको शुरुवातमा क्युरोसिटी रोभरले माउण्ट मर्कोमा चढ्न शुरु गरेको थियो। जसको नाम फ्रान्सको एउटा पहाडको नाममा राखिएको हो । दुई वर्षमा क्युरोसिटी रोभरले गेल क्रेटर जीवनका लागि उपयुक्त रसायनिक अवयवले भरिएको एउटा झरना थियो। क्युरोसिटी रोभरले मंगल ग्रहमा कार्बनिक पदार्थ पत्ता लगाएको थियो । 

रोभरले मंगल ग्रह सुक्खा भएपछि त्यहाँ नूनको ताल बनेको प्रमाण खोजेको थियो। आगामी दिनमा क्युरोसिटी रोभरले मंगल ग्रहको अतीतको बारेमा अरु रहस्य पत्ता लगाउनेछ किनकि यसले माउण्ट मर्कोको खोजी गरिरहेको छ। 

नासाको जेट प्रोपल्सन ल्याबोरोटरीका डेपुटी प्रोजेक्ट साइन्टिस्ट अबिगेल फ्रेमेनले एक भिडियो अपडेटमा भनेका छन्, माउण्ट मर्कोको ठीक अगाडि सल्फेटको पहाड छ त्यसकारण हामी अगाडि बढिरहेका छौं । नासाको क्युरोसिटी रोभर मंगल ग्रहको सतहमा नून खोज्ने कार्यको करिब करिब पुगेको छ । यसबाट मंगल ग्रहमा जीवन थियो कि थिएन भन्ने बारेमा थाहा हुनेछ। 

मेरिल्याण्डको ग्रिनबेल्ट स्थित गोडार्ड स्पेश फ्लाइट सेन्टरका वैज्ञानिक रोभरले खिचेको फोटो तथा डाटा एकत्रित गरेर अध्ययनमा लागेका छन्। यसबाट मंगल ग्रहमा अर्गानिक तथा कार्बन युक्त नून थियो कि थिएन भन्ने पत्ता लाग्छ। यसलाई एजेन्सीले कार्बनिक यौगिकको अर्गानिक कम्पाउण्ड भनेको छ। 

सन् २०१५ मा रोभरले मंगल ग्रहमा जैविक अणुको खोज गरेको थियो। रोभरले अनुसन्धानको दौरान मंगलमा पानीको साथै सल्फर, अक्सिजन, कार्बन, तथा नाइट्रोजन आदिको नमूना समेत संकलन गरेको थियो। रोभरले मंगल ग्रहमा हुने गरेको धुलोको आँधीको बारेमा पनि जाँच गरिरहेको छ । 

मंगल ग्रहमा २० जुनदेखि धुलोको आँधी चलिरहेको छ। जसका कारण मंगल ग्रहमा रहेको नासाको अर्को रोभर अपरच्युनिटिसँग सम्पर्क टुटेको छ । तर, अपरच्युनिटिले धुलोको आँधीबाट पनि नमूना संकलन गरिरहेको छ । 

जुलाइमा नासाले परमाणु उर्जाद्वारा संचालित यस रोभरमा कैयौं उपकरण लागेको छ, जसले धुलोको मात्रा तथा उसको कणको आकारसमेत पत्ता लगाउन सक्छ । खगोलविद्का अनुसार क्युरोसिटी रोभरद्वारा संकलन गरेको जानकारी मंगल ग्रहमा मानिस पठाउनका लागि अहं साबित हुनेछ ।

Logo