यी १६ कारणबाट लाग्छ पितृ दोष !

यी १६ कारणबाट लाग्छ पितृ दोष !

केन्द्रबिन्दु
0
Shares

आफू र आफ्नो परिवार सुखी एवं सम्पन्न होऊन् भन्ने इच्छा प्रत्येक मानिसमा हुन्छ । यस्तो इच्छा पूरा गर्नका लागि देवताका साथसाथै आफ्ना पितृहरूको पनि पूजन गर्नु अनिवार्य मानिन्छ । मानिसले आफ्ना जीवनमा थुप्रै उतारचढावको अनुभव गर्छ । यद्यपि केही कष्ट एवं अभाव त्यस्ता हुन्छन् जसलाई सहन गर्नु लगभग असम्भव हुन्छ । ज्योतिषी, वास्तुशास्त्री, तान्त्रिक, मान्त्रिक आदिले जे जे कारण बताउँछन्, तिनलाई निर्मूल गर्नका लागि जे जे प्रयास गरिन्छ त्यसबाट फाइदा कहिले अलिकति पनि हुँदैन, कहिले आंशिक तथा कहिले पूर्ण रूपले प्राप्त हुन्छ । यसो हुनुको कारण पितृदोष हुनसक्छ । तसर्थ यसको एउटै उपाय हो पितृ शान्ति ।

पितृदोष उब्जने कारणहरू

–पितृहरूको विधिवत् संस्कार, श्राद्ध नहुनु ।

–पितृहरूको विस्मृति या अपमान ।

–धर्म विरुद्ध आचरण ।

–वृक्ष, फल लागेको बोट, पीपल, वर इत्यादि काट्नु, कटाउनु ।

–नागको हत्या गर्नु, गराउनु वा उसको मृत्युको कारण बन्नु ।

–गौहत्या वा गाईको अपमान गर्नु ।

–नदी, कुवा, तलाउ वा पवित्र स्थानमा मलमूत्र विसर्जन ।

–कुल देवता, देवी इत्यादिको विस्मृति वा अपमान ।

–पवित्र स्थलमा गलत कार्य गर्नु ।

–पूर्णिमा, अमावस्या वा पवित्र तिथिमा सम्भोग गर्नु ।

–पूज्य महिलासँग सहवास गर्नु ।

–तल्लो कुलमा विवाह सम्बन्ध गाँस्नु ।

–पराई महिलासँग यौन सम्बन्ध राख्नु ।

–गर्भपात गर्नु वा कुनै जीवको हत्या गर्नु ।

–कुलका महिला अमर्यादित हुनु र

–पूज्य व्यक्तिलाई अपमान गर्नु ।

Skip This
Skip This
Logo