सावधान आईसक्रिम खाँदा जानसक्छ तपाईको ज्यान !

सावधान आईसक्रिम खाँदा जानसक्छ तपाईको ज्यान !

केन्द्रबिन्दु
0
Shares

आइसक्रीम धेरैजसो मानिसहरुलाई मन पर्ने गर्छ । बिशेष गरेर बच्चाहरुलाई त झनै मन पर्छ । तर त्यहि आइसक्रीम खानाले एक ९ वर्षकी बालिकाको मृत्यु भएको छ । ब्रिटेनको मुस्लिम परिवारकी हविवा नाम गरेकी ति बालिका बिदा मनाउनको लागि आफ्ना परिवारका साथ स्पेन गएकी थिईन् ।

परिवारमा उनीसँगै उनका पिता वाजिद अजम चिश्ती र उनका भाई र बहिनी थिए । बिदा मनाउन स्पेन पुगेका उनका सबै परिवार रमाईलो गरिरहेका थिए ।

स्पेनस्थित एक रिसोर्टमा उनीहरुको परिवार बसिरहेको थियो । त्यहाँ नजिकै रहेको एक सपिङ सेन्टरमा गएर उनी आईसक्रीम किन्न लागिन् । आईसक्रीम खाए लगत्तै उनको स्वास्थ्यमा गडबढ हुन थाल्यो ।

उनको स्थितिलाई हेरेर उनलाई तत्काल एक अस्पतालमा लगियो । डाक्टरले उनको स्वास्थ्य परिक्षण गरेपछि एलर्जिक रिएक्सनको कारण उक्त घटना हुन पुगेको बताए । अस्पतालमा डाक्टरले उनको उपचार शुरु गर्याे । तर उनको हालत झनै बिग्रँदै गयो । केहि समय पछि उनको मृत्यु भयो ।

परिवारले उनलाई डेरी प्रोडक्ट र आइसक्रीमबाट कहिल्यै एलर्जी नभएको बताए । तर बदामबाट भने एलर्जी हुने गरेको पारिवारिले बताए । अचम्म त के छ भने आईसक्रीममा बदाम नै थिएन । तर उनको मृत्यु कसरी भयो भन्ने कुरा अहिलेसम्म  पत्ता लाग्न सकेको छैन ।

सबैले उनको मृत्यु रहस्यमय भएको बताईरहेका छन् । उनी बसेको होटलका एक स्टाफका अनुसार बच्चीको हालत देखेर होटलले आफ्नो इमरजेन्सी सर्भिसले उनको परिवारसहित उनलाई अस्पताल पुर्याएको थियो । अहिले परिवार छोरीको शवलाई लिएर आफ्नो देश फर्किएको छ ।

Skip This
Skip This
Logo