काठमाडौं । ‘मदिरा सेवन कार्ड’ वितरण गरेर बाजुराको गौमूल गाउँपालिका अहिले चर्चामा छ । गाउँपालीका क्षेत्रमा मदिरा सेवन गर्न मन लागे परिचय पत्र लिनैपर्ने व्यवस्था गरेर गौमूल राष्ट्रिय रुपमै चर्चामा छ ।
मदिरा सेवन गरेर गाउँमा दैनिक झगडा हुन थालेपछि न्यूनिकरणका लागि कार्ड वितरण गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको दाबी छ । गाउँपालिकाको निर्णयले मदिरा सेवन र त्यसबाट हुने आपराधिक क्रियाकलापमा कति धेरै न्यूनिकरण हुन्छ अहिले भन्ने अवस्था छैन । रिजल्ट पर्खनै पर्ने भएको छ । तर, सामाजिक सञ्जालमा जोडिएका देशविदेशका नेपालीले पनि गाउँपालिकाको निर्णयलाई उडाइरहेका छन् ।
गाउँपालिकाले मदिरा सेवनलाई व्यवस्थित बनाउन ऐन नै बनाएको रहेछ । गत असारमा ‘मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५’ लागू गरेपछि साउनदेखि मदिरा सेवन परिचयपत्र जारी गरेको हो । हालसम्म १ सय ५० भन्दा बढीले यो कार्ड लिएको अध्यक्ष रोकायाले बताए ।
गाउँपालिकाको निर्णयलाई कतिपयले संस्थागत विकृतिको रुपमा लिएका छन् भने केहीले सृजनात्मक । तर, कार्यविधिमा केही विषयहरु भने रोचक छन् ।
संविधानको धारा २२६ बमोजिम गत असार १० गतेको गाउँ सभाले मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ लागू गरेको रहेछ । गाउँपालिकाको राजपत्रमा नै कार्यविधि प्रकाशन गरिएको छ । थप हेर्नुहोस् यो भिडियोमाः





























प्रतिक्रिया