भाद्र ७ देखि तीजको कुम्भ मेला (भिडियो कुराकानी)

भाद्र ७ देखि तीजको कुम्भ मेला (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

 

सबैभन्दा ठूलो तीज विशेष उपभोक्ता एक्सपो २०१८ सुरु हुने भएको छ । महिला श्रृजनशील केन्द्रको आयोजनामा भाद्र ७ गते बिहीबार काठमाडौंस्थित भृकुटीमण्डामा तीज विशेष उपभोक्ता एक्सपो हुने भएको हो । इभेन्ट संसार डट कमले व्यवस्थापन गरेको कार्यक्रममा मुलुकका सम्पूर्ण प्रतिष्ठित महिलाहरुले सहभागिता जनाउने छन् ।

२ सयभन्दा बढी स्टल रहने कार्यक्रममा महिला चित्र प्रदर्शनी, फ्रि मेहेन्दी आर्ट, फोटोसुट, हेयर कटिङ, स्वास्थ्य शिविर, डोर प्राईजेस, महिला उद्यमशीलताको गोष्ठी, तीज स्मारिका र फुड फेस्टिबल पनि कार्यक्रममा समावेश गरिनेछ ।

नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आयोजित कार्यक्रमलाई उद्यमी नेपालले साझेदारी गर्ने, मंगलदिपको प्रायोजन र ‘लेट्ज गो’ले प्रविधि साझेदार गर्ने भएको छ ।

आधिकारिक पत्रिकामा नारी, अनलाइन पार्टनरमा नेपाल लाईभ, ज्वेलरी पार्टनरमा आर.वि डायमण्ड ज्वेलर्स, एजुकेशन पार्टनरमा भिआईआईएसए, अफिसियल बैंकमा मेगा बैंक, बेभेरेज पार्टनरमा बस्र्ट, अनलाईन टिभीमा केन्द्रविन्दु रहेका छन् । यसै सन्दर्भमा प्रस्तुत छ, महिला सृजनशील केन्द्रकी अध्यक्ष मीलु थापा, सोही संस्थाकी उपाध्यक्ष देवाना राना र इभेन्ट संसार डटकम तथा कार्यक्रम संयोजक पशुपति केसीसँगको भिडियो कुराकानी–

 

 

Logo