शारीरिक सम्बन्ध पछि पनि किन निराश भइन्छ

शारीरिक सम्बन्ध पछि पनि किन निराश भइन्छ

केन्द्रबिन्दु
24
Shares

धेरै वयष्क ब्यक्तिहरु आफ्नो यौन जीवनमा सन्तुष्ट हुन सकिरहेका हुदैंनन् । शारीरिक रुपमा सक्षम भएपनि यो कार्यमा आफुलाई सन्तुष्टि प्राप्त नभैरहेको महसुस गर्ने गरेका छन् । यौन बिशेषज्ञहरुले मानिसमा देखिएको यो प्रतिक्रियाको बिश्लेषण गरेर समाधानको प्रयास पनि गरेका छन् ।

केबल चरमोत्कर्षको वारेमा मात्र सोच्ने :
शारीरिक सम्बन्ध राख्दा महिला र पुरुषले आफुलाई चरमोत्कर्षको वारेमा मात्र सोची रहेका हुन्छन् । पाकक्रिडा, शारीरिक सम्बन्ध राख्ने क्रममा भएका आनन्द भन्दा पनि उनीहरुको ध्यान चरमोत्कर्ष तर्फ भैरहेकै कारण यो क्षण आउनु भन्दा अगाडीका क्रियाकलापहरु खल्लो भैरहेको हुन्छ । जसको कारणले पनि धेरैलाई यौनमा निराश मिलिरहेको हुन्छ । त्यसैले शारीरिक सम्बन्ध राख्ने क्रममा आफुले गरेका सबै कार्यहरुवाट आनन्द लिने प्रयास गर्नुपर्छ ।

कुराकानी कम हुने:
अधिकांश जोडीहरु शारीरिक सम्बन्ध राख्ने भनेपछि चुपचाप सम्बन्ध राख्ने काममा सक्रिय हुन्छन् । यदी आफ्नो पार्टनरसंग यौन प्रसंग, पछिल्ला यौन क्रियाकलापका कुराकानीहरु गरेमा यौन सम्बन्ध अझ रमाईलो हुने गर्छ ।

एउटै आसनमा सधै सम्बन्ध नराख्ने:
अधिकांश दम्पतिहरु एउटै आसनमा शारीरिक सम्बन्ध राख्ने गर्छन् । एउटै आसनमा शारीरिक सम्बन्ध राख्दा यौन जीवन निरश भैरहेको हुन्छ । यदी यौनका आसनहरुमा परिवर्तन गरेमा दुबैलाई नयाँ किसिमको आनन्द आउछ र सधै यौन जीवन रोमाञ्चक हुने गर्छ ।

पोर्न स्टारसंग तुलना नगरौं:
पछिल्लो पटक हात हातमा मोवाइल आएको कारण बयष्क चलचित्रमा धेरैको सजिलै पहुँच भैरहेको छ । यस्तो किसिमको चलचित्र हेरेपछि धेरै जोडीलाई आफ्नो पार्टनरले पनि फिल्ममा गरेको जस्तै गरोस् भन्ने हुन्छ । तर फिल्ममा देखाईएको क्षण र बास्तविक जीवनमा हुने कार्यमा धेरै फरक हुन्छ । यो कुरालाई धेरै जोडीहरुले नबुझ्दा पनि उनीहरुको यौन जीवन सोचे अनुसारको रोमाञ्चक हुन सकिरहेको हुदैन ।

हल्का ब्रेक लिने:
पछिल्लो पटक यौन जीवनमा देखिएको समस्या भनेको शारीरिक सम्बन्ध राख्दा थकान भएको महसुस हुनु पनि हो । कुनै पनि पार्टनरलाई यस्तो किसिमको समस्या देखिएमा दुबैको यौन जीवन निरश हुन्छ । त्यसैले यौन बिशेषज्ञहरुले दिएको सल्लाह अनुसार यस्तो अवस्थामा केही समयको बिश्राम लिएर आफुलाई पून यौन सम्बन्धमा सक्रिय बनाउने बताएका छन् । यस्तो ब्रेकको समयमा कुनै तागतिलो खानेकुरा खाने, पिउने वा यौनजन्य कुराकानी गर्ने बताएका छन् ।

मनमा धेरै कुरा नखेलाउने:
हाम्रो मनमा कुनै किसिमको तनाव वा अन्य कुराहरु खेलिरहेको छ भने त्यस्तो अवस्थामा राखिएको शारीरिक सम्बन्ध निरश हुने गर्छ । त्यसैले शारीरिक सम्बन्ध राख्न चाहने जोडीले यो कार्य गर्नु भन्दा अगाडी नचाहिने कुराहरुलाई मनमा खेलाउनु हुदैंन ।

Skip This
Skip This
Logo