अधिकांश पुरुषहरुले पर्सलाई पछाडीको गोजीमा राख्ने चलन रहेको छ । पर्समा केबल पैसा मात्र नभएर त्यसमा डेबिट कार्ड, क्रेडिट कार्ड, भिजिटिङ कार्ड, ड्राईभिङ लाइसेन्स देखि केही अत्यावश्यक कागजात पनि रहेको हुन्छ । यस्तै कुराहरु राख्ने बानी परेको कारण सामान्यतया सबैको पर्स मोटो नै हुन्छ । यस्तो मोटो पर्सलाई लामो समयसम्म पछाडीको खल्तिमा हालेर हिड्नेहरु सर्तक भएका पनि हुदैनन् । तर पर्सलाई पछाडीको खल्तिमा हालेर हिड्नेहरुलाई धेरै किसिमको समस्या हुने कुरा विभिन्न अनुसन्धानहरुले देखाएको छ ।
सोसाइटी फर एल्जाइमर एण्ड एजिंगले आफ्नो अनुसन्धानलाई प्रकाशित गर्दै पाईन्टको पछिल्लो भागमा मोटो पर्सलाई लामो समयसम्म राख्ने ब्यक्तिलाई हिप ज्वाईन्टको र कम्मरको समस्या हुन्छ भनिएको छ । पर्सले हिपमा भएको एक नसालाई अत्याधिक रुपमा थिचेपछि साईटिकाको समस्या समेत हुने गरेको छ । यो समस्याकै कारण पर्सलाई पछाडीको खल्तिमा राख्नेहरुमा कम्मर र हिप ज्वाईन्ट दुख्ने समस्या हुने बताईएको छ । यो समस्या बढ्दै गएर खुट्टाको तल्लो भागमा पनि पुग्ने गर्छ । जसको कारण खुट्टा, पैतला सुन्निने समस्या समेत देखिन्छ ।
यसरी दिनहुँ पिडा हुने समस्या भएकाहरुलाई चिकित्सकिय भाषामा पिरिफोर्मिस सिंड्रोम भनिन्छ । पछाडीको खल्तिमा मोटो पर्सलाई लामो समय राख्दा हिपको भाग एकातर्फ झुक्न थाल्छ । जसको कारण मेरुदण्डमा बढी दवाव पर्न थाल्छ । जसको कारण कतिपय ब्यक्तिको मेरुदण्ड बांगो हुने समस्या समेत रहन्छ । यदी मेरुदण्डमा पहिल्यै समस्या भएको ब्यक्तिहरुलाई यो कार्यले झनै जटिल समस्यामा पार्ने गर्छ ।
अनुसन्धानको क्रममा अहिले बढी समस्यामा बिद्यार्थीहरु पर्ने गरेको देखियो । मोटो पर्सलाई घन्टौ पछाडी राखेर पढ्न बस्ने विद्यार्थीहरु मध्ये २०–२५ जना उपचारलाई नै आउने गरेको देखियो । अझ कोचिङ पढ्ने गरेका विद्यार्थीहरुमा यो समस्या सामान्य कक्षामा पढ्ने विद्यार्थी भन्दा बढी नै देखिएको थियो ।
समस्याको समाधान के त ?
– पछाडीको खल्तिमा पर्स राखेर लामो समय एकै स्थानमा नबस्ने ।
– हिपलाई हुने किसिमका कसरतहरु बेलाबेलामा गरिरहने ।
– कुर्सीमा बसेर लामो समय काम गर्ने ब्यक्तिहरुले न्यूनतम पनि २० मिनेटको फरकमा आफु बसेको सिटवाट उठेर यताउता हिड्डुल गर्नु पर्छ ।
– पछाडीको खल्तिमा बोक्ने पर्सलाई सकभर ब्याग व अगाडीको खल्तिमा बोक्ने गर्नुपर्छ ।
– बेलाबेलामा पर्समा भएका नचाहिने कागजहरुलाई छाटकाट गर्ने गर्नुपर्छ ।





























प्रतिक्रिया