तपाईको सेक्स–लाईफमा यी कुराले बाधा पुर्‍याउँछ

तपाईको सेक्स–लाईफमा यी कुराले बाधा पुर्‍याउँछ

केन्द्रबिन्दु
0
Shares

पार्टनरबीचको यौन सम्पर्कले आनन्द मात्र दिलाउँदैन, सम्बन्धलाई पनि बलियो बनाउँछ । जुन दम्पतीको यौन जीवन सक्रिय र सुखमय छ, उनीहरुको दाम्पत्य जीवन पनि मधुर हुने गर्छ । त्यसैले दम्पतीको जीवनमा सेक्सले खास महत्व राख्छ ।

तर चाहेर पनि कतिपय दम्पती सक्रिय रुपमा यौन क्रियामा सहभागी हुन सक्दैनन् । जबकी यौन क्रियामा दुबैको बराबरी सक्रियता चाहिन्छ । यदि एक जना पार्टनर मात्र निस्क्रिय रह्यो भने, उनीहरुको यौनजीवन राम्रो मानिदैन ।

यौनमा उदासिनता आउनु भनेको ठूलै समस्या पनि हो । यसरी यौनमा उदासिनता आउनुको पछाडि केहि कारण हुनसक्छ ।

रोगको कारण

रोगी भएर वा शारीरिक समस्या बोकेर हामी सेक्सको आनन्द लिन सक्दैनौं । यौन सम्पर्कका लागि शारीरिक रुपमा पनि तन्दुरुस्त हुनु आवश्यक छ । यसका लागि व्यायम गर्नुपर्छ । व्यायामले शरीरमा यस्तो हर्मोन प्रवाह गराउँछ, जसले भित्रैवाट खुसी पैदा हुन्छ । यदि तपाई व्यायाम गर्नुहुन्न भने, त्यसको असर तपाईको शयनकक्षामा पनि पर्छ ।

थकान वा कामको बोझ

कामको बोझ वा थकानको कारण पनि यौन जीवन प्रभावित हुन्छ । शारीरिक वा मानसिक थकानको कारण हामीलाई विश्राम गर्न मन लाग्छ । ओछ्यानमा पल्टिएपछि चलमलाउन जाँगर चल्दैन । यसले यौन जीवनमा पनि प्रभावित बनाउँछ ।

अनिन्द्रा

बच्चा जन्माइसकेपछिको अवस्थामा दम्पतीहरुको निन्द्रा राम्ररी पुग्दैन । बच्चालाई सुताउने, उठाउने, ख्वाउने कामले उनीहरुको निन्द्रामा बाधा पुग्छ । जब निन्द्रा राम्ररी पुग्दैन सेक्समा सक्रिय हुन सकिदैन ।

अस्वस्थ्यकर खानपान

छिटो छरितो भोक मेट्नका लागि बजारमा पाइने अस्वस्थ्यकर खानेकुरा खाइन्छ । अहिले जंकफूडको लत पनि धेरैलाई हुन्छ । यसले यौन जीवनमा असर गर्छ ।

Logo