यौनसुखको अभावमा कतिपय दम्पतीको सम्बन्ध विच्छेद समेत हुने गरेको घटना हाम्रो समाजमा छ । भनिन्छ नेपाली दम्पतीको कलह सिरक मुनीबाट सुरु हुन्छ । "/>

यौनमा सुखभोग गर्न चाहनुहुन्छ ? त्यसो भए त्याग्नुहोस् यी कुरा

यौनमा सुखभोग गर्न चाहनुहुन्छ ? त्यसो भए त्याग्नुहोस् यी कुरा

केन्द्रबिन्दु
0
Shares

यौनसुखको अभावमा कतिपय दम्पतीको सम्बन्ध विच्छेद समेत हुने गरेको घटना हाम्रो समाजमा छ । भनिन्छ नेपाली दम्पतीको कलह सिरक मुनीबाट सुरु हुन्छ । यसको अर्थ के हो भने, यौन जीवन सुखमय नहुँदा दम्पतीबीच खटपट सुरु हुन्छ ।

यसले उनीहरुको सम्बन्धमा नराम्रो असर पार्ने मात्र होइन विच्छेद नै गर्नुपर्ने अवस्था समेत आउने गर्छ । त्यसैले यौन सुख दम्पतीको लागि आपरिहार्य हुन्छ ।

तर यौन सुख कसरी लिने भन्ने बारेमा दम्पतीले पहल गर्दैनन् । भनिन्छ, यौन सुख प्राप्त नहुनुमा खानपानको पनि भूमिका हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जसले यौन उत्तेजना पैदा गर्दैन । त्यस्ता खानेकुरा त्याग्नुपर्छ ।

मदिराजन्य पेय

मदिरा सेवनले हाम्रो शरीरमा बन्ने प्राकृतिक ह्याप्पी हार्मोनमा कमि आउँछ र टेस्टोस्टेरोनको लेभल कम हुन्छ । यसले गर्दा यौन सम्पर्कमा वाधा पुग्छ । त्यसैले यौन सुखका लागि मदिरा पिउने बानी ठिक होइन ।

मदिरा मात्र होइन कफीले पनि यौन सुखमा बाधा पु-याउँछ । यसको अत्यधिक सेवनले शरीरको स्ट्रेस हार्मोन असन्तुलित हुन जान्छ, जसको फलस्वरुप तपाईंलाई तनाव हुन थाल्छ । त्यसैले आफ्नो यौन जीवन सुन्दर बनाउन चाहने हो भने कफीको सेवन कम गरौं ।

यस्तो खानेकुरा

अहिले हामीलाई सजिलो, मिठो र छिटो खानेकुरा चाहिएको छ । त्यसैले फास्टफूडको तलमा परेका छौं । यसले जिब्रोको स्वाद त मेट्छ तर यौनको स्वाद मेट्दैन ।

फास्ट फुड जति हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ, त्यति नै यसले हाम्रो यौन जीवनमा पनि नकारात्मक असर पार्छ । यसमा मौजुद रहने अत्यधिक फ्याटले शरीरको टेस्टोस्टेरोन लेभललाई कम गरिदिन्छ । त्यसैले फास्ट फुडबाट टाढा रहेको राम्रो ।

चिप्त तारिएको आलूबाट बनेको हुन्छ जसको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसमा रहने अत्यधिक फ्याटले सम्भोग क्षमतामा ह्रास आउँछ ।

सोयामा फिटोस्ट्रोगेन नामक पदार्थ पाइन्छ जसले पुरुषको सेक्स हार्मानसँग प्रतिस्पर्धा गर्छ । यसको फलस्वरुप यौनइच्छामा कमि आउँछ । त्यसैले आफ्नो यौन जीवनलाई सुन्दर बनाउन पनि सोयाको सेवन कम गरौं ।

दुधजन्य परिकार

बजारमा उपलब्ध बढिजसो डेरी उत्पादन, जस्तै चकलेट, ड्रिंक्स आदिm कृत्रिम दूधले बनेका हुन्छन् । यिनीहरुको अत्यधिक सेवनबाट प्रोगेस्टेरोन, इस्ट्रगेन, टेस्टोस्टेरोन आदि हार्मोनको सन्तुलन बिग्रिन्छ ।

अनुसन्धानका अनुसार अर्न फ्लेक्सको अत्यधिक सेवनले पनि यौनइच्छामा कमी आउँछ । त्यसैले यसको साटो कुनै हल्काफुल्का खानेकुरा खानुपर्छ ।

 

Logo