दही जमाउन कसले सुरु गरे ? यस्तो छ दहीको इतिहास

दही जमाउन कसले सुरु गरे ? यस्तो छ दहीको इतिहास

केन्द्रबिन्दु
0
Shares

हाम्रो सामान्य जीवनमा भएका विकास र अहिलेको अधुनिक समाजमा भएका आविश्कारका बारेमा हामी अनविज्ञ छौँ । हामीले प्रयोग मात्र गरिरह्यौं तर यसको खोज गर्ने ईच्छा हामीले देखाएनौँ नत हामीलाई यो सब गर्न आवश्यक नै रह्यो ।

आज हामी तपाइलाई दहीको आविश्कार कसरी, कहिले र कहाँबाट भयो ? भन्ने कुराको जानकारी दिनेछौँ । हामी सबैले प्रत्येक दिन दही खाने गरेका छौँ । सामान्यतया दुधबाट बन्ने दही सुरुमा कसले बनाए अथवा दही बनाउने प्रचलनको सुरुवात कहाँबाट भयो, दिनदिनै दही खाने हामी मध्ये शायदै थोरैलाई मात्र थाहा छ, होला ।

हिन्दु मुलुकहरुमा भगवान श्रीकृष्णको पालादेखी नै दहीको सुरुवात भएको मानिन्छ । श्रीकृष्ण भगवान पनि माखन र दही चोरका रुपमा परिचित रहेका छन् । तर पश्चिमा देशहरुमा दहीको सुरुवात कहाँबाट र कहिलेबाट भयो भन्ने कुरा विवादमा रहेको छ ।

पूर्वी युरोपिय देश बुल्गारियामा आजभन्दा चार हजार बर्ष पहिले घुमक्कड जातिका मानिसहरुले दही जमाउने तरिकाको खोजी गरेको दाबी गरेका छन् । उनीहरु आफ्ना परिवारका साथमा एक ठाउँबाट अर्काे ठाउँमा बसाइ सरी रहन्थे । यसै क्रममा दहीको प्रचलन विश्वव्यापी रुपमा फैलिएको भन्ने मान्यता रहेको छ ।

बुल्गारियाको देन मानिन्छ । यो देशको इतिहास झैँ दहीको इतिहास पनि उति नै पुरानो रहेको मानिएको छ । यहाँ दहीलाई कयौँ रुपमा खाइने गर्दछ भने दही बिना खाना नै अधुरो मानिन्छ ।

उनीहरुसँग दुध बचाएर राख्ने कुनै तरिका नभएका कारण दुधलाई जमाउन सुरु गरेका थिए । यस कामका लागि उनीहरु जनावरको खालको प्रयोग गर्दथे । दुधलाई एक निश्चित तापमानमा राखिन्थ्यो, जसले उसलाई जमाउने जीवाणुहरु पैदा हुने गर्दथे । यही क्रममा विश्वका अन्य ठाउँहरुमा पनि दही जमाउने सिलसिला सुरु गरिएको बताइएको छ ।

जानकारहरुका अनुसार दही बनाउने काम मध्य एसिया र मध्यपूर्वका क्षेत्रहरुमा अलग अलग समयमा सुरु भएको थियो । बुल्गेरियामा दही प्रयोगको सिलसिला सदियौँदेखि चलिआएको छ । त्यहाँ दही जमाउनका लागि जरुरी ब्याक्टेरियाको एउटा खास नस्ल पाइने गर्दछ । यहाँको माहौल पनि दही जमाउनका लागि धेरै नै प्रभावकारी रहेको छ ।

बुल्गेरियाले नै पश्चिमी देशहरुलाई दहीसँग परिचित गराएको थियो । त्यहाँका स्टामेन ग्रीगोरोव नाम गरेका बैज्ञानिकले सबैभन्दा पहिले दही जमाउने तरिकाका बारेमा खोजी गरेका थिए ।

बुल्गेरियामा यि बैज्ञानिकका नाममा ट्न इलाकामा दही म्यूजियम पनि बनाइएको छ । उनले नै दहीको ब्याक्टेरियाको खोजी गरेका थिए । उनले खोजी गरेको उक्त ब्याक्टेरियाको नाम ल्याक्टोब्यासिलस बुल्गारिकस राखिएको छ । एजेन्सी

Logo