यौन सम्पर्कपछि के गर्ने ? दम्पतीले जान्नैपर्ने कुरा यस्तो छ

यौन सम्पर्कपछि के गर्ने ? दम्पतीले जान्नैपर्ने कुरा यस्तो छ

केन्द्रबिन्दु
24
Shares

पहिलो पटक यौन सम्बन्ध बनाइसकेपछि के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने विषयमा अधिकांस जोडीहरु अन्जान नै हुन्छन् । त्यसैले यहाँ यौन सम्बन्धपछि ‘सेफ ल्याण्डिङ’ गर्ने बारे उल्लेख गरिएको छ ।

–जब यौन सम्पर्क गरिसक्छन्, त्यसपछि अक्सर पति पत्नी अलग हुन्छन् । र, विपरित दिशामा फर्किएर निदाउने चेष्टा गर्छन् । यस्तो गल्ती सुहागरातमा पनि हुनसक्छ ।

यौन सम्बन्धलगत्तै अर्कोपट्टि फर्केर निदाउनु हुँदैन । बरु केहीबेर अन्तरंग गफ गर्नुपर्छ । आफ्नो रुचीका कुराहरु सेयर गर्नुपर्छ । जीवनका मिठा मिठा भोगाइहरु एक–अर्कालाई सुनाउनुपर्छ । तर, दुख र तनावको कुरा भने यतिबेला ननिकाल्नु उपयुक्त हुन्छ ।

–यौन सम्बन्धअघि ‘फोर प्ले’ जति महत्वपूर्ण छ, ‘आफ्टर प्ले’ को पनि उत्तिकै महत्व छ । तर अधिकांस जोडीहरुले आफ्टर प्लेमा ध्यान दिँदैनन् । फोर प्ले भन्नाले यौन सम्बन्धलाई रोमान्ञ्चक बनाउन त्यसअघि गरिने यौनजन्य क्रियाकलाप हुन् । यस्तो क्रियाकलाप यौन सम्बन्ध पछि पनि जारी राख्न सकिन्छ । तर, भिन्न किसिमले ।

विशेषगरी पुरुषहरु यौन सम्पर्कपछि शिथिल बन्छन् र आफ्नी जीवनसँगीनीलाई वेवास्ता गरेर अर्कोपट्टि कोल्टे फेर्छन् । तर, यो कदापी राम्रो होइन । यौन सम्पर्कपछि पनि एक अर्कालाई अंगालेर सुत्नु अति आवश्यक छ । यसले सम्वन्धलाई कसिलो बनाउन मद्दत गर्छ ।

–यौन सम्पर्क लगत्तै सुत्न हतारिने होइन । बरु, यौन सम्पर्क राखेको स्थानको सरसफाईमा ध्यान दिनुपर्छ । संभव भएसम्म नयाँ बेडकभर बदल्नुपर्छ ।

–यौन सम्पर्कपछि नुहाउनु राम्रो हो । यौन सम्पर्क गरिसकेपछि पिसाब फेर्नुपर्छ । यसले गर्दा यौनाङ्गमा संक्रमण हुने अवस्था रहँदैन । साथै यौनाङको सफाई गर्नुपर्छ, यद्यपी साबुनको प्रयोग गर्नु उचित मानिदैन । यौनाङ्गलाई सफा पानीले धुनु नै पर्याप्त छ जसले गर्दा कुनै प्रकारको इन्फेक्सनको खतरा हुँदैन ।

–यौन सम्पर्क लगत्तै भित्री बस्त्र लगाउनु पनि उचित मानिदैन । जब भित्री बस्त्र लगाइन्छ, यौनाङ्ग गुम्सिन पुग्छ र त्यसले संक्रमणको खतरा बढाउँछ । खुला हावामा सर्वाङ्ग बस्नु राम्रो हुन्छ ।

 

 

Logo