यी ९ स्टेपले हामी निरोगी बन्छौं

यी ९ स्टेपले हामी निरोगी बन्छौं

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १३ मंसिर ।

हामीलाई दुख बिराम हुन्छ । बाँचुञ्जेल निरोगी हुन पाइयोस् त भनिन्छ । तर, कुनै न कुनै रोगले च्यापिहाल्छ । त्यसैले बाँचुञ्जेल पनि हामी रोगसँग पौंठेजोरी खेलिरहेका हुन्छौ ।

यदि आफ्नो पुरा आयु बाँच्ने र त्यस बेलासम्म निरोगी एवं तन्दुरुस्त हुने भए कति राम्रो हुने थियो । सायद यही कुरा मनन गरेर हुनसक्छ हाम्रा ऋषिमुनीहरुले जीवनभर निरोगी हुने कला सिकेका थिए । यस्तो कला, जसलाई हामीले आफ्नो जीवनको हिस्सा बनाउनुपर्छ । बिहान उठ्नेदेखि राती सुत्नेसम्म गर्नुपर्ने कामबाटै हाम्रो स्वस्थ्य जीवन निर्धारण हुन्छ ।

१. दिनभर पूरा छातीभरि सास लिनुपर्छ । यसले शरीरमा अक्सिजनको मात्रा बढ्छ । साथै फोक्सो पनि स्वस्थ्य हुन्छ ।

२. हरेक दिन मनतातो पानी पिउनुपर्छ । यसले पाचन यन्त्रमा सुधार हुन्छ र हृदयरोग पनि कम हुन्छ ।

३. हरेक दिन बिहान ७ देखि ९ बजेभित्र नास्ता गर्नुपर्छ । यसले दिमाग सक्रिय हुन्छ । इनर्जी लेभल पनि बढ्छ ।

४. हरेक दिन सही समयमा खाना सेवन गरौं । खानामा एक पटकमा एकै प्रकारको चिज मात्र सेवन गरौ । धेरै चिज मिसाएर सेवन नगरौ ।

५. खाना खाएको लगभग ४० मिनेटसम्म पानी सेवन नगरौं । यसले गर्दा खाना राम्ररी पच्छ ।

६. खाना खानसाथ तुरुन्तै श्रमको काम नगरौं । साथै नुहाउनु पनि हुँदैन ।

७. दैनिक तीस मिनेट घाममा बिताउनुपर्छ । यसले भिटामिन डी मिल्छ । साथै दुखाइ र ब्लड सर्कुलेसनमा हुने अवरोध हट्छ ।

८. दिनभर मेरुदण्डको पोश्चर सही राखौं । यसले ढाँड दुख्ने समस्या हुँदैन ।

९. हरेक रात ८ देखि ९ घण्टासम्म निन्द्रा लिनुपर्छ । बेडरुममा हावा आउजाउ गर्ने हुनुपर्छ ।

(एजेन्सीको सहयोगमा)

Skip This
Skip This
Logo