बालबालिकामा अश्लिल सामग्री पठाउने संख्या बढ्यो

बालबालिकामा अश्लिल सामग्री पठाउने संख्या बढ्यो

केन्द्रबिन्दु
0
Shares

लण्डन, २० कात्तिक । पछिल्लो दुई बर्षको अवधिमा बालबालिकाहरुमा अश्लिल सामग्रीहरु मोवाइलवाट पठाउने क्रममा दोहोरो बृद्धि भएको एक अनुसन्धानले देखाएको छ ।

ईंग्ल्याण्ड र वेल्सका प्रहरीहरुका अनुसार सन् २०१६/१७ को अवधिमा ६ हजार २ सय ३८ अश्लिल किसिमका सामग्रीहरु पठाएको उजूरीहरु परेका थियो । यो संख्यालाई हेर्ने हो भने दैनिक १७ वटा यस्ता किसिमका घटनाहरु दर्ता हुने गरेको छ । गत बर्ष यस्ता किसिमका कार्य ४ हजार ६ सय ८१ वटा मात्र भएको थियो भने सन् २०१४/१५ मा २ हजार ७ सय घटनाहरु भएको थियो ।

१४ बर्ष मुनिका बालबालिकाले मात्र मोवाइलवाट पठाउने यस्ता किसिमका सन्देशमा अहिले १० बर्ष मुनिका बालबालिकाहरु पनि देखा पर्न थालेको प्रहरीले जनाएको छ । नेसनल प्रहरी प्रमुख सिमोन बैलीका अनुसार अबको चुनौती भनेकै बालबालिकालाई अश्लिल क्रियाकलापमा लाग्नवाट रोक्नु रहेको छ । अहिले बालबालिकामा अश्लिल तस्विरहरु एक अर्कालाई पठाउने क्रम बढीरहेको छ । सिमोनका अनुसार यस्ता कार्यहरुलाई प्रहरीले कानूनी रुपमा रोक्नुभन्दा पनि उनीहरुलाई पाठ्यक्रमवाटै सचेत गर्नु राम्रो देखिन्छ । एजेन्सी

Logo