सुशील पोखरेल
ग्ल्यामर बाबा राम रहिमलाई यौन शोषणको आरोपमा अदालतले दोषी ठहर गरेको छ । जसै उनलाई पक्राउ गरियो, त्यसले भयानक रुप लियो । बाबाको समर्थकको उग्र प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा करिब तीन दर्जनको ज्यान गयो । अहिले भारतको पंचकुल, सिरसा, रोहतक लगायतको जिल्लामा हाइ अलर्ट जारी गरिएको छ ।
भारत बाबाहरुको खानी हो । पूर्वीय दर्शन र सभ्यताको केन्द्र मानिने यो भूमीलाई तपोभूमी पनि मानिन्छ । तर त्यस भूमीमा हुर्केका, चर्चित र लोकप्रिय भएका गुरुहरु राता–रात यौन शोषण, गुण्डागर्दी, बलात्कार देखि हत्यासम्ममा मुसिनु संवन्धित धर्मकोलागी लज्जाजनक घटना हुन् ।
अहिलेपनि भारतीय जेलमा दर्जनौं पहेंलो पहिरनधारी बाबाहरु बन्दी छन् । एक दर्जनभन्दा बढी चर्चित बाबाहरुले पनि यस किसिमको बाटो अबलम्बन गरेकाछन् ।
पछिल्ला दिनमा यी बाबाहरु अपराधको सिरिज बनेर चर्चामा आइरहेका छन् । यी मध्ये चर्चित ७ बाबाहरु जसका हजारौं चेलाहरु थिए । ती पनि अपराधमा मुसिएर मुद्धा खेपीरहेकाछन् ।

बाबा राम रहिम अन्तत: ग्ल्यामर बाबा राम रहिमलाई यौन शोषणको आरोपमा दोषी ठहर गरिएको छ । जसै उनलाई पक्राउ गरियो, त्यसले भयानक रुप लियो । बाबाको समर्थकको उग्र प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा करिब तीन दर्जनको ज्यान गयो । अहिले भारतको पंचकुल, सिरसा, रोहतक लगायतको जिल्लामा हाइ अलर्ट जारी गरिएको छ । उनलाई अदालतले २० बर्ष जेल सजाय तोकेको छ ।
डेरा सच्चा सौदा प्रमुख गुरुको पक्राउसागै उनको रहस्यमयी जीवनशैलीको पत्र–पत्र उप्किदैछ । उनको हर्कतहरु पर्दाफास भइरहेका छन् ।
अहिले प्रहरीले बाबाको पंचकुला सेक्टर २३ र सेक्टर १५ स्थित डेरा नामको घरमा सील गरिदिएको छ । यसक्रममा बाबाको बासस्थान कति आलिशान एवं भव्य थियो भन्ने पनि देखिएको छ । त्यहााको हरेक कोठा स्टाइलिस इन्टेरियर र महंगो फर्निचरले सजिएको छ ।
प्रहरीले खोज तलासको क्रममा के पनि फेला पारेका छ भने, घरको माथिल्लो फ्लोरमा दुई अलग अलग कोठा । यो कोठमा भिभिआइपी रुम र एउटा हलको रुपमा छ । त्यस कोठमा कसैलाई पनि जाने अनुमति छैन । त्यहाा अत्याधुनिक र अति महंगो फर्निचर राखिएको छ ।
राम रहिम आफ्नो डेरामा महाराजले जस्तो जीवन व्यातित गरिरहेका थिए । शीश महलमा रहन्छन् । उनलाई राजालाई जस्तो पहिरन लगाउने शौख थियो । यस्तो पोशाक दैनिक रुपमा समेत तयार गरिन्थ्यो । त्यो पहिरन बाबा स्वंमले डिजाइन गर्थे ।
बबा जहा बस्थे, त्यसलाई गुफा भन्थे । तर, उनको गुफा कुनै राजमहल भन्दा कम हुादैनथ्यो । उनी हरबखत २ सय युवतीले घेरिएर रहन्थे । त्यहाा पुरुषलाई जान मनाही थियो । बाबालाई अभिनेता र गायक बन्ने ठूलो शौख थियो ।
राम रहीमसाग एक सयभन्दा बढी कार कलेक्सन छ । त्यसमध्ये अधिकांश उनले आफ्नो ढााचा अनुसार मोडिफाइ गरेका छन् ।
यी रहस्यमयी गुरु हुन्, जसको बलिउडकर्मीसाग राम्रो साठगााठ छ । कहिले उनी सनी लियोनी त कहिले शिल्पा सेट्टीका साथ देखिन्छन् । उनी स्वंमले फिल्म समेत बनाएका छन् । र, खेलेका पनि छन् ।

राधेमा : हजारौं चेला–चपेटाका साथ धार्मिक अनुष्ठान गर्ने राधेमा सम्पत्ति भेला गर्ने र छाडा भएर हिड्ने गर्नाले पुलिसको फन्दामा परिन् । उनी पोहोर साल चर्चामा आइन र केही दिनपछि नै प्रहरी हिरासतमा पनि पुगिन् ।
राधेमाका धेरैवटा गाडी थिए । उनी गाडी कलेक्सन् गर्थिन् । उनको दरबार जस्तो बंगला थियो । हिरामोतीका गहना आदि त उनका कति थिए कति । सााच्चै भन्ने हो भने उनी सामान्य मानिस जस्तो बााच्न चाहान्थिन भन्ने देखाउाछ । उनी अभिनेत्री मल्लिका सेरावतको फ्यान थिइन् । अकुत सम्पत्ति र यौन जन्य गतिविधि बढाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसाग ५ हजार करोड सम्पत्ति रहेको अनुमान छ ।

निर्मल बाबा : सन् १९५२ मा पञ्जाबको पटियाला नजिक जन्मेको निर्मलजीत सिंह निरुला अर्थात् निर्मल बाबा आफूलाई निर्वाण प्राप्त बाबा भन्थे । उनको दावी अनुसार सन् १९८० मा झारखण्डको जंगलमा उनले मोक्ष प्राप्त गरेका थिए । त्यसै समयदेखि उनले आफ्नो सिख परम्पराको दारीकपाल खौरेर नाम राखेका थिए निर्मल बाबा ।
यी आध्यात्मिक बाबासँग अहिले दुई सय पैंतिस करोड अकुत सम्पत्ति रहेको रहस्य खुलेको छ । चर्को दबाब परेपछि उनले आफ्नो निर्मल दरबारको आम्दानी दुई सय पैंतिस करोड भारु रहेको स्वीकारेका छन् । अहिले उनीविरुद्ध भ्रष्टाचार र अनैतिक आर्जनका थुप्रै मुद्धाहरु छन् ।

नारायण साई : यी बहुचर्चित बाबाजी आशाराम बापुका ४१ वर्षीय छोरा हुन् । यिनलाई सन् २००२ देखि २००५ सम्म एक लजमा महिलाहरुमाथि बलात्कार र यौन शोषण गरेको अभियोग लागेको छ । देशभरिका आठ महिला भक्तहरुसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि उनीमाथि छ । गुजरात प्रहरीले नारायण साइको सम्पत्ति र लगानी पाँच हजार करोड रहेको अनुमान गरेको छ ।

नित्यानन्द स्वामी : स्वामी परमहंस नित्यानन्द एउटा यौनजन्य भिडियोमा देखिएपछि चर्को विवाद र बहसमा फँसेका बाबाजी हुन् । एउटा समाचार च्यानलले नित्यानन्द र दक्षिण भारतीय अभिनेत्री रन्जिताबीचको भिडियो सार्वजनिक गरेको थियो । यी बाबाजीको नित्यानन्द ध्यानपिदम नामको दरबार बैंगलोर–मिजोर राजमार्गसँगै छ । उनको आश्रम तामिलनाडु, बनारस र पुरीमा छ भने ध्यान केन्द्रहरु दर्जनौ देशहरुमा छन् ।

आशाराम बापु : यी बहुचर्चित आशाराम बापु हुन् । उनको आश्रम अहमदाबादको सबामति भन्ने ठाउँमा छ । ध्यान, योग र प्रार्थना गर्ने हजारौं भक्तजनहरु यहाँ आइपुग्छन् । उनको गुरुकुल आश्रमा अध्ययन गर्ने दुई जना छात्रहरुको रहस्यमय मृत्यु सनसनीपूर्ण समाचार बनेको थियो । ती विद्यार्थीहरु सन् २००८ को जुलाई ४ मा हराएका थिए र जुलाई पाँच मृत फेला परेका थिए । उनीमाथि थुप्रै महिलाहरुमाथि यौन दुव्र्यवहार र शोषण गरेको विषय पनि अघिल्ला वर्षमा भारतभरि सर्वाधिक चर्चाको विषय बनेको थियो । बलात्कारकै आरोपमा उनी पक्राउ समेत परेका थिए । उनीसँग सात सय करोड भारतीय रुपैंया बराबरको सम्पत्ति भएको बताइन्छ ।

सन्त रामपाल :विवाद र चर्चाको पछिल्लो शृंखलामा आएका छन् सन्त रामपाल । उनीमाथि परेका मुद्धा अनुसार उनलाई प्रहरीले अदालतमा हाजिर गर्ने प्रयास गरिरहेको छ भने उनका समर्थकहरुले उनका हिसारको आश्रममा प्रहरीलाई पस्नै दिएका छैनन् । ६३ वर्षीय यी बाबाजी पहिले सरकारी इन्जिनियर थिए । दयानन्द सरस्वतीमाथि यिनले सन् २००६ मा दिएको बयानका कारण भएको झडपमा एकजनाको मृत्यु र दर्जनौ घाइते भएका थिए । त्यसपछि यिनी केही समय जेल पनि बसेका थिए । भारतमा चर्चा हुने बाबा मध्ये यिनी अगाडि पर्छन् ।
धर्म गुरुहरु कसरी हजारौं चेलाहरु जन्माउन सफल हुन्छन् ? कसरी र किन उनीहरुले सम्पत्ति कमाउँछन् ? कसरी र किन अपराधमा मुसिन्छन् ? यी तमाम प्रश्नहरु माथि खोज–अनुसंधान भएको पाईंदैन । तर बाबाहरुको वर्तमानभने सार्वजनिक भएको भयै छन् । यसले पार्ने आम प्रभाव कस्तो–कस्तो हुन्छ ? त्यो पनि अनुसंधानको विषय हो । तर यसले संवन्धित धर्मका भक्त र प्रेमीहरुमा धृणा भाव जागृत गराउने चाहिं निश्चित छ ।
(एजेन्सीको सहयोगमा ।)





























प्रतिक्रिया