केन्द्रबिन्दु डेस्क
काठमाडौं, ३१ साउन । हामी मध्ये कसैले कुनै काम बिगारेमा कुनै पशुको नाम लिएर ‘कस्तो फलानो पशु जस्तो बानी भएको’ भनेर गाली गर्ने गर्छौ । तर हामीले तिनै पशुहरुमा रहेका कतिपय राम्रा गुणहरुको सानो अंशलाई पनि आफ्नो दैनिक ब्यवहारमा लागू गर्यौ भने हामीले आफ्नो जीवनलाई धेरै सु्खद बनाउन पनि सक्छौ ।
काँचो खाने : 
साकाहारी पशुहरुले सधै ताजा खानेकुरा खाने गर्छ । हरियो खानेकुराहरुलाई उनीहरु स्टोर गरेर बासी बनाएर पनि खाने गर्दैनन् । यो वाहेक त्यस्ता खानेकुरालाई स्वादिलो बनाउन बिभिन्न किसिमका मसला वा केमिकलहरुको पनि प्रयोग गर्दैनन् । त्यसैले हामीले पनि आफुले खाने गरेको हरियो खानेकुरालाई काँचो खाने गर्नुपर्छ । आफुले खानेगरेको खानेकुरामा हरियो सागसब्जी, सलाद, कंदमुल र ड्राइफ्रुट्सहरुलाई बढी सामेल गर्नुपर्छ । जसको कारण हाम्रो शरीरले आवश्यक पौष्टिक तत्वहरु प्राप्त गर्न मद्धत मिल्छ ।
प्रकृति प्रेमी : 
तपाईहरुले धेरै जनावरहरुलाई देख्नु भएको होला खुला वातावरणमा उनीहरु निकै रमाउने, कुद्ने र साथीहरु पाएमा खेल्ने पनि गर्छन् । किनकी जनावरहरु खुला वातावरण र पानीको स्रोत भएको ठाउँमा बढी रमाउने गर्छन् । त्यसैले हामीले पनि खुला हावा पाईने स्थानमा बढी समय ब्यथित गर्ने बानी बसाल्नु पर्छ । यदी त्यस्तो स्थानको अभाव छ भने घरको झ्याल ढोकालाई सुरक्षाको दृष्टिकोणले हेरेर खुला राख्ने गर्नुपर्छ । खुला हावाले तपाईलाई शरीरमा लाग्न सक्ने धेरै किसिमका रोगहरु निदान पनि गर्नसक्छ ।
स्ट्रेस फ्रि लाईफ: 
जनावरहरु कुनै पनि कुरालाई कमै तनाव लिने स्वभावका हुन्छन् । उनीहरु आफ््नो लाईफलाई भरपुर आनन्द गरेर विताइरहेका हुन्छन् । त्यसैले हामीले पनि स–साना कुराहरुमा बढी तनाव लिने गर्नु हुदैंन । बढी तनाव लिनाले शरीरमा रगतको सर्कुलेसनमा प्रभाव पर्छ जसको कारण मुटुसंग सम्बन्धित विभिन्न समस्याहरु देखा पर्नसक्छ ।
एक्सरसाईज: 
तपाईले कुकुर वा बिरालो जस्ता जनावरलाई घरपालुवा जनावरको रुपमा पाल्नु भएको छ भने विहान उठ्ने वित्तिकै उनीहरुको क्रियाकलापलाई एकपटक हेर्नु भएको छ ? यि जनावरहरु उठ्ने बित्तिकै आफ्नो शरीरलाई स्ट्रेचिङ गर्ने गर्छन् । उठ्ने बित्तिकै शरीर तन्काउने भएरै उनीहरुको शरीर हेल्दी भैरहेको हुन्छ । यो वाहेक उनीहरुको दिनभरको गतिविधि चलायमान् हुने हुनाले पनि उनीहरु थप स्वस्थ हुने गर्छन् । हाम्रो दैनिक गतिविधि जनावरहरुको जस्तो दिनभर चलायमान नहुन सक्छ । त्यसैले विहान उठ्ने बित्तिकै सधै स्ट्रेचिङ हुने किसिमका कसरतहरु गर्नु पर्छ । दिनभर आफ्नो शरीरलाई बढी चलायमान बनाउनु पर्छ । सकिन्छ भने दिनभर एक्टिभ हुने किसिमका काम गर्नु राम्रो मानिन्छ ।





























प्रतिक्रिया