विराटनगर, २७ साउन ।
कृष्णप्रसाद सिग्देलको आठौँ स्मृतिसभामा आज ‘अन्नपूर्ण पोस्ट’ दैनिकका पत्रकार कुमार लुइँटेल सम्मानित भएका छन् ।
नेकपा (एमाले)का केन्द्रीय सचिव भीमप्रसाद आचार्यले समाचारदाता कुमार लुइँटेललाई रु ११ हजार १११ राशिको पुरस्कार तथा सम्मानपत्र प्रदान गरे ।
सोही अवसरमा उनले सुनसरीको मधुवनस्थित जनता माविबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याएकी छात्रा सुस्मिता गामीलाई पनि रु ११ हजार १११ राशिको पुरस्कार तथा सम्मानपत्र प्रदान गरे ।
सोही अवसरमा सिग्देल बन्धु प्रतिष्ठानद्वारा अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरी विराटनगरमा उद्योग सञ्चालनमा सक्रिय एकता गोल्छालाई र युवा उद्योगपति सुभाष आचार्यलाई पनि सम्मान गरियो । सोही क्रममा प्रतिष्ठानले स्वस्तिक ढुवानी सेवाका मजदुरलाई रु २१ हजार र पोसाक तथा मजदुर कल्याण कोषमा रु ५१ हजार र ढुवानी सेवाका चालकको कल्याणकारी कोषमा रु २१ हजार प्रदान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष सीता सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मोरङका अध्यक्ष विनोद ढकालले अपांगता भएका युवक सुमन घिमिरेलाई आफ्ना तर्फबाट औषधिका लागि रु ४२ हजार प्रदान गरेका थिए । घिमिरेलाई प्रत्येक महिना रु तीन हजार ५०० मूल्य बराबरको औषधि खानुपरेको छ । रासस































प्रतिक्रिया