चौतारा, १५ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

भोटेकोशीको लार्चामा तुइन निर्माण

भोटेकोशीको लार्चामा तुइन निर्माण

केन्द्रबिन्दु
१५ श्रावण २०७४, आईतबार
0
Shares

चौतारा, १५ साउन । एक साताअघि झरेको पहिरोले भोटेकोशी नदीको लार्चा पुललाई क्षति पुर्याएपछि आवतजावतमा कठिनाइ व्यहोरिरहेका स्थानीयवासीलाई तुइन निर्माण भएपछि केही सहज भएको छ । 

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने ७० मिटर लामो पक्की पुल बगाएपछि तातोपानीवासीले व्यहोर्नु परेको सास्ती तुइन निर्माणपछि आवागमनमा केही सहज भएको हो । 

भोटेकोशी गाउँपालिकाको करिब रु तीन लाखको लागतमा तत्कालका लागि तुइन निर्माण गरिएको गाउँपालिकाको प्रमुख राजकुमार पौडेलले बताउनुभयो । पुल बगाएकै ठाउँमा फड्के राख्न फलामे सत्तरी राख्ने काम तीव्र गतिमा भइरहेको छ । पुलको जिपसम्म ९० मिटर लामो फड्के राख्नुपर्ने र सहज रुपमा वारिपारि गर्न दायाँबायाँ बारसमेत राख्ने व्यवस्था मिलाइएको छ । सो काम मंगलबारसम्म सम्पन्न हुनेछ । 

सशस्त्र प्रहरी सीमा सुरक्षाका प्रहरी नायब निरीक्षक पिटर श्रेष्ठका अनुसार विकट बाटो पाँच घण्टासम्म पैदल हिँडेर पुग्ने गरेकामा शनिबारदेखि तुइनबाट आवतजावत शुरु भएको छ । अझै पनि वृद्धवृद्धा, बालबालिका र बिरामीलाई तुइनबाट वारपार गर्न कठिनाइ भइरहेको छ । उक्त दुवै कामका लागि नेपाल प्रहरी, सशस्त्र सीमा प्रहरी र गाउँपालिकाको सक्रियता रहेको छ । 

भोटेकोशी गाउँपालिका वडा नं २ र ३ को तातोपानीमा करिब दुई हजार ५०० बासिन्दा रहेकामा तुइन बनेपछि एक हजार ५०० वासिन्दा राजधानीलगायतका ठाउँमा गइसकेका छन् । अन्यत्र गएर बस्न नसक्ने निर्धन र निमुखा मात्र हाल त्यहाँ रहेको प्रमुख पौडेलले बताउनुभयो ।

भूकम्पले चिरा परेका र हालको पहिरोका कारण तातोपानीका लिपिङ, दुगुनागढी, यार्मासँग, फुल्पिङकट्टीको हिन्दी, डाकलाङ क्षेत्र र मार्मिङलगायत बस्तीका बासिन्दा विस्थापित भएका छन् । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

आजको मौसम : तराईमा गर्मी बढ्ने, केही ठाउँमा पानी पर्ने

किन भइरहेको छ एक्स्ट्रिम इनर्जी ड्रिंक्सको विरोध ?

मलेसियामा गुन्जियो नेपथ्य

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

चौथो सांग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu