राष्ट्रपति भण्डारी र प्रधानमन्‍‍त्री देउवाद्धारा रक्षाबन्धन ग्रहण

राष्ट्रपति भण्डारी र प्रधानमन्‍‍त्री देउवाद्धारा रक्षाबन्धन ग्रहण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गर्नुभयो । 

शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जानकारी दिनुभयो । 

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रम निवास बालुवाटारमा रक्षाबन्धन ग्रहण गर्नुभयो । 

सो अवसरमा राष्ट्रपति भण्डारी र प्रम देउवालाई सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदी, राजयोगी ऐर, राजयोगी तिलकबहादुर शाही, राजयोगिनी अमरजित कौरलगायतले राखी प्रदान गर्नुभएको थियो । रासस 

 

Logo