बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

कलैया, ११ साउन । कलैया उपमहानगरपालिकामा गएराति एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । 

कलैया उपमहानगरपालिका– २४ श्रीपुरका ३५ वर्षीय श्रीकृष्ण रामले ३० वर्षीया श्रीमती कुन्तीदेवीको बन्चरो प्रहार गरी हत्या गरेका हुन् । 

बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीकृष्ण फरार भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताउनुभयो । कुन्तीदेवीको शव जिल्ला अस्पताल कलैयामा राखिएको छ ।

 

तनावका कारण श्रीमतीको हत्या

यसैगरी इनरुवाबाट प्राप्त अर्को समाारअनुसार, सुनसरीको कोशी गाउँपालिकामा आज एक श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेको छ । 

तीस वर्षीय रामकुमार यादवले आफ्नै श्रीमती २७ वर्षीया संगीता यादवको हत्या गरेपछि भाण्टाबारी प्रहरी चौकीमा आत्मसमर्पण गरेका छन् । 

प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी गाउँपालिका–१ राजापोखरी भन्ने स्थानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

यादवले ससुराली पक्षको तनावका कारण आफूले श्रीमतीको हत्या गरेको बयान प्रहरी समक्ष दिएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस 

 

Skip This
Skip This
Logo