इलाम, २७ असार । इलाम नगरपालिका–३ पुवामझुवाका एक राई परिवारले स्थानीय स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान गरेको छ ।
पुवामझवा मुढेका रामबहादुर राईले स्व पिता मनबहादुर राईको सम्झनामा स्वास्थ्य चौकीलाई करिब रू एक लाख मूल्य पर्ने एक रोपनी जग्गा दान दिनुभएको हो ।
गाउँघर क्लिनिक सञ्चालनका लागि भवनलगायतका संरचना निर्माण गर्न राईले मुढेमा रहेको एक रोपनी जग्गा सोमबार पुवामझुवा स्वास्थ्य केन्द्रको नाममा रजिष्टे«शन पास गरिदिनुभएको स्वास्थ्य चौकीका अहेब तेजबहादुर सोडारीले जानकारी दिएका छन् । रासस































प्रतिक्रिया