५ हजारसँग डेटिङपछि उनले ल्याइन् केटा पट्टयाउने सूत्र

५ हजारसँग डेटिङपछि उनले ल्याइन् केटा पट्टयाउने सूत्र

केन्द्रबिन्दु
0
Shares

थाइल्यान्डकी एक महिलाले ५ हजारसँग डेटिङ गएको दाबी गर्दै केटा पट्टयाउने सूत्र बाँड्न थालेकी छिन् । उनीसँग यस्तो सूत्र लिन चाहनेहरूले फिस तिर्नुपर्छ । २४ वर्षकी प्राइया सुरियाले सुरु गरेको अनलाइन परामर्श सेवामा सहभागी हुन चाहनेहरूले उनलाई फिस बुझाउनु पर्छ । उनले ‘म्याडम राया’ नाम राखेर आफुलाई विज्ञ दाबी गरेकी छिन् । विदेशी र धनाढ्य केटाहरू पट्टायाउन चाहने थाई महिलाका लागि उनले अनलाइन कोर्स सुरु गरेकी हुन् । उनको सबैभन्दा महङ्गो कोर्स लिन चाहनेले १४ हजार भाट अर्थात् ४ सय १२ डलर बुझाउनुपर्छ । सस्तोमा कोर्स लिन चाहनेले ६ हजार ३ सय भाट अर्थात् १ सय ८५ अमेरिकी डलर तिरे पुग्छ । यी दुई कोर्स फरक फरक हुन् । प्राइया सुरियाको यस्तो घोषणापछि धेरैले उनको आलोचना गरेका छन् । थाई महिलाको छवि खराब गरेको र वेश्यावृत्तिलाई प्रश्रय दिएको अलोचकहरूको भनाइ छ ।

Skip This
Logo