‘फिगर मेन्टेन’ गर्न योग गर्ने हिरोइनहरु (फोटो फिचर सहित)

‘फिगर मेन्टेन’ गर्न योग गर्ने हिरोइनहरु (फोटो फिचर सहित)

केन्द्रबिन्दु
0
Shares

हिरोइनहरुले आफ्नो ‘फिगर मेन्टेन’ गर्नका लागि विभिन्न उपायहरु अपनाउने गरेका छन् । आज हामी त्यस्ता केही विश्व चर्चित हिरोइनका विषयमा चर्चा गर्दैछौ जसले ‘फिगर मेन्टेन’ गर्न नियमित योग–साधना गर्छन् ।

सोनम कपूर
सोनम कपूर आफ्नो स्वास्थ्यप्रति निकै संवेदनशिल छिन् । उनी नियमित रुपमा विक्रम योगा गर्छिन् । अभिनेता अनिल कपुरकी छोरी सोनमले योग गरेन नै आफ्नो तौल घटाएकि हुन् ।

मेग रायन
अमेरिकी अभिनेत्री तथा फिल्म निर्माता मेग रायन दैनिक रुपमा योग गर्छिन् । योग गरेकै कारण आफ्नो जीवनमा शान्ति तथा खुसी मिलेको उनको अनुभव छ ।

शिल्पा सेट्टी
शिल्पा सेट्टी योगकी शौखिन हुन् । उनले सन् २००८ मा ‘शिल्पाको योगा’ नामक सिडी नै बजारमा ल्याएकी थिइन् । यस सिडीमा योग गर्ने टिप्सहरु समावेश छन् । सिडी नै लिएर आएपछि उनलाई योग गुरु भनेर चिन्नेहरु पनि भारतमा धेरै छन् ।

कोंकणा शेन शर्मा
कोकना शर्माले लामो समयदेखि योग गर्दै आएकी छिन् । स्वस्थ रहन र ‘फिगर मेन्टन’ उनका दुई मक्सद हुन् ।

म्याडोना
अमेरिकी पप गायिका म्याडोना पनि नियमित योग गर्छिन् । उनले पनि योगका आसनहरु सार्वजनिक गरेकी छन् । योगले खुसी दिने र हरेक दिनलाई ‘फ्रेस’ बनाइदिने उनको अनुभव छ ।

लारा दत्त
लारा दत्त पनि नियमित योग गर्छिन् । नियमित योगाकै कारण छोरी जन्माएर पनि आफ्नो शरिरलाई फिट राख्न सकेको उनको भनाइ छ । उनी विश्वका आम महिलालाई नियम पुरा गरेर योग गर्न सल्लाह दिन्छिन् ।

जेनिफर एनिस्टन
यी अमेरिकी अभिनेत्री सातामा कम्तिमा पनि ५ दिनसम्म योग गर्छिन् । अहिले फुर्सदमा मात्र योग गर्ने उनी पछि–पछि गएर नियमित योग गर्ने बाचा सुनाउँछिन् ।

कंगना रनावत
बलिउड सुन्दरी कंगना रनावत पनि नियमित योग गर्ने अभिनेत्रीको सूचीमा पर्छिन् । उनका कुरा पत्याउने हो भने योगले शारिरिक मात्र नभइ मानसिक स्वास्थ्यमा पनि भूमिका खेल्छ ।

बिपासा बसु
शिल्पा सेठ्ठी जस्तै बिपासा पनि योगमा पारंगत छिन् । उनले पनि योगका आसनमा मोडलिङ गरेर सार्वजनिक गरेकी छन् ।

करिना कपुर
अभिनेत्री करिना कपूर पनि योगा गर्छिन् । आफ्नो शरीरलाई कहिले जीरो फिगर बनाउने र कहिले फुलाएर कथा सुहाउँदो बनाउनेमा उनको चर्चा हुने गर्छ । यो सवै योगले संभव गरेको उनको अनुभव छ ।

Skip This
Logo