सेतो कपाल कालो बनाउनका लागि तुलसी र अमला लाभदायक

सेतो कपाल कालो बनाउनका लागि तुलसी र अमला लाभदायक

केन्द्रबिन्दु
0
Shares

बहुउपयोगी वनस्पति तुलसी र अमला सेतो कपाल हुनेका लागि कालो बनाउन लाभदायी रहेको छ। 

तुलसी र अमलालाई प्राकृतिकरुपमा प्रयोग गरेर कपाल कालो बनाउन सकिन्छ। यदि तपाईंको कपाल सेतो भएर तनावमा हुनुहुन्छ भने समस्याबाट छुट्कारा पाउन महंगो वस्तु प्रयोग गर्नु पर्दैन । सेतो कपाल कालो बनाउन धेरै किसिमका प्रोडक्ट बजारमा आएका छन्। यद्यपी, मानिसहरु प्राकृतिक तरिकाबाट घरेलु प्रयोग गर्न चाहन्छन्। अमला र तुलसीको प्रयोगले कपाललाई प्राकृतिक तरिकाबाट कालो बनाउन  सकिन्छ। तुलसी बहुगुणी वनस्पति हो, जसले कपाल सेतो हुने  समस्याको समाधान गर्न मद्दत गर्दछ । यसमा भएको एन्टी–ब्याक्टेरियल गुणले कपालमा चायाँबाट समेत छुट्कारा दिन्छ। 

तुलसी र अमलाको प्रयोग 
तुलसीलाई अमलाको पाउडरमा मिश्रण गरि रातभरि थोरै पानीमा भिजाउने, विहान नुहाउने समयमा यो मिश्रणले कपाललाई धुनु पर्नेछ। कपाललाई प्राकृतिकरुपमा  कालो बनाएर राख्नका लागि केही महिनासम्म यसको प्रयोग गरेमा लाभदायी हुन सक्छ।

तुलसी र अमलाको पेष्ट बनाउने तरिका
तपाईंको कपाल सेतो हुन थालेमा तुलसी र अमला पिसेर पेष्ट बनाउने, त्यसपछि एक कप पानीमा घोलेर रातभरि भिजाउने, अनि कपालको जरामा लगाउनु पर्दछ। र, कपाल सुकेपछि कपाल नुहाउनु पर्दछ। यसरी तपाईंको कपाल चाँडै नै कालो हुन जान्छ। 

कपाललाई चम्किलो बनाउन अमलाको प्रयोग 
तपाईंले कपाललाई चम्किलो बनाउनसमेत अमलाको प्रयोग गर्न सक्नुहुनेछ। कपालमा चमक ल्याउन अमलाको जुसले मसाज गर्न सक्नुहुनेछ। यसको केही घण्टापछि कपाल नुहाएमा कपाल प्राकृतिकरुपमै चम्किलो  देखिन्छ। एजेन्सी 

(यो लेख सामान्य जानकारीका लागि हो । यो विधि उपचारको विकल्पका रुपमा भने होइन)

Logo