यस्तो थियो राष्ट्रकवि घिमिरेको साहित्यिक यात्रा

यस्तो थियो राष्ट्रकवि घिमिरेको साहित्यिक यात्रा


काठमाडौं ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। आज उनकै निवासमा १०२ वर्षको उमेरमा निधन भएको हो । साँझ ५ः५५ मा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे १५ दिन देखि विरामी थिए ।

विसं. १९९२ मा १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकको कविता गोरखापत्रमा छपाएर काव्ययात्रा सुरु गरेका घिमिरेको जन्म वि.सं. १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा भएको थियो ।

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख –प्रबन्ध जस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभाका रुपमा नेपाली साहित्यमा स्थापित थिए ।

प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् ।

गीत, कविता र महाकाव्यको रचनाबाट नेपाल राष्ट्र र नेपाली जनताको मनमनमा बस्न सफल राष्ट्रकवि घिमिरेलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार भनेर चिन्ने गरिन्छ ।

उनी बाल्यकालदेखि नै निरन्तर रुपमा नेपाली साहित्यको कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध जस्ता अनेकौं विधामा निरन्तर कमल चलाउँदै आएका बहुप्रतिभाशाली व्यक्तित्व थिए ।

र यो पनि , यो सामाग्री हामीले गत वर्ष तयार गरेका थियौं :

 

प्रकृतिका सुन्दर फूललाई गीत र कवितामार्फत अझ सुन्दर मालामा उनेर मानव मुटुमा सजाइदिन सक्ने राष्ट्रकवि घिमिरे आफ्नो दीर्घजीवनको रहस्य प्रकृति, फूल, हरियाली रमणीय र हराभरा परिवेशलाई मान्थे ।

प्रत्येक वाक्य र बोलीलाई गीत बनाउन सक्ने गीति कवि घिमिरेले गीतबाटै चर्चित नाटक पनि लेखेका छन् । यसरी उनको जीवन नै गीत र कविताको सङ्ग्रह र महाकाव्य आकारको सङ्ग्रह बनेको थियो ।

घिमिरेका गाउँछ गीत नेपाली, नेपाली हामी रहौंला कहाँ, सारंगी त रेटे पनि , लाग्दछ मलाई रमाइलो लगायत थुप्रै गीतहरु जनमानसमा चर्चित छन् । उनले लेखेको गौरी र उर्वशी खण्डकाव्य निकै मार्मिक कृति हुन् । मालतीमंगले उनको नाट्यकृति हो । उनलाई नेपाल सरकारले २०६० साल असोज ८ गते राष्ट्रकविको मान्यता दिएको थियो । उनको निधनले नेपाली साहित्यमा अपुरणिय क्षति पुगेको छ ।

Logo